तयार भयो दुई माइक्रो एसयूभी

काठमाडौं । दक्षिण एसियाली बजारमा नै नयाँ ट्रेन्डसेट गर्नेगरी टाटा पन्च र हुन्डाई क्यास्पर बजारमा आउन लागेका छन् । विश्वभर एसयूभी खोज्ने ग्राहक बढ्दै गएको समयमा यी दुबै कम्पनीले बजारमा ल्याउन लागेको नयाँ गाडी माइक्रो एसयूभी हुन् ।

टाटाले अक्टोबर ४ मा भारतमा सार्वजनिक गरेको पन्च अहिले बुकिङ लिइरहेको छ । यसको मूल्य अक्टोबर २० तारिखमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । भारतमा विक्री सुरु हुन लागेको पन्च अंग्रेजी नयाँ वर्षमा नेपाल आउने सम्भावना रहेको छ ।

हुन्डाई क्यास्पर कोरियामा उत्पादन भइरहेको छ । चाँडै भारतमा उत्पादन सुरु हुने क्यास्पर २०२२ को पहिलो क्वाटरमा बजारमा आउने अनुमान गरिएको छ । यी दुबै मोडल नेपाल आएपछि कार बजारमा नयाँ हलचल पैदा गर्ने सहजै अनुमान लगाउन सकिन्छ ।

उत्कृष्ट डिजाइन, लग्जरी इन्टेरियर र कम मूल्य यी माइक्रो एसयूभीका मुख्य आकर्षण हुन् । ग्राहकले बजारमा ह्याचव्याक कारभन्दा धेरै एसयूभी खोज्न थालेपछि उत्पादकले पनि सबै किसिमका बजेटमा पाउन सकिने एसयूभी उत्पादनमा आफुलाई केन्द्रित गर्दै आएका छन् ।


Back_to_top