टीभीएसको इलेक्ट्रीक स्कुटर ३ भेरियन्टमा, फुल चार्जमा १४० किमि रेन्ज

काठमाडौं । भारतीय चर्चित अटो ब्राण्ड टीभीएसले आफ्नो इलेक्ट्रीक स्कुटर आइक्यूवको नयाँ भर्सन सार्वजनिक भएको छ । कम्पनीले विभिन्न तीन भेरियन्टमा २०२२ आइक्यूव इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।

कम्पनीले आइक्यूव स्कुटरलाई विभिन्न १० कलर अप्सन र फुल चार्जमा १४० किलोमिटर रेन्ज दिनेगरी ल्याएको जनाएको छ ।

कम्पनीले नयाँ भर्सनलाई आइक्यूव, आइक्यूव एस र आइक्यूव एसटीगरी तीन भेरियन्टमा ल्याएको हो । यसको वेस भेरियन्ट आइक्यूवको मूल्य ९८ हजार ६५४ भारतीय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै मिड भेरियन्ट आइक्युव एसको मूल्य १ लाख ८ हजार ६९० रुपैयाँ तोकिएको छ ।

टीभीएसले आइक्यूवको टप भेरियन्टको मूल्य भने सार्वजनिक गरेको छैन । तर, यी तीनै मोडलको बुकिङ भने भारतमा खुल्ला भएको कम्पनीले जनाएको छ ।

नयाँ भर्सन आइक्यूवको वेस भेरियन्टमा ५ इन्चको कलर टीएफटी डिस्प्ले दिइएको छ । यसमा स्मार्ट कनेन्ट फिचर पनि पाउन सकिन्छ । त्यस्तै मिड भेरियन्टमा ७ इन्चको डिस्प्ले र टप भेरियन्टमा टच स्क्रीन डिस्प्ले रहेको छ ।

यो स्कुटरमा ४.४ किलोवाट क्षमतको मोटर प्रयोग भएको छ भने यसले ०–देखि ४० को स्पीड मात्र ४.२ सेकन्डमा भेट्टाउँछ । टीभीएस आइक्यूव २०२२ भर्सनको टप स्पीड ७८ किलोमिटरदेखि ८२ किलोमिटर प्रतिघन्टासम्म रहने कम्पनीको दावी छ ।


Back_to_top