प्रतिक्षामा हुन्डाई र सिट्रोनको नयाँ एसयूभी, मूल्य पनि कम हुने

काठमाडौं । सिट्रोनले भारतमा उत्पादन गर्ने पहिलो सब फोर मिटर एसयूभी अर्को महिना सार्वजनिक हुने बताइएको छ । कम्पनीले बढ्दो सब फोर मिटर एसयूभीको सेग्मेन्टबाट भारतमा डेब्बु गर्न लागेको हो ।

त्यस्तै माइक्रो एसयूभी सेग्मेन्ट भारतमा निकै चर्चामा रहेको कारण कोरियन कार निर्माता हुन्डाईले सेन्ट्रोको उत्पादन बन्द गर्दै माइक्रो एसयूभी उत्पादन थाल्ने भएको छ । हुन्डाईले गतवर्ष कोरियामा विक्री सुरु गरेको माइक्रो एसयूभी क्यास्पर नै भारतमा उत्पादन हुने अनुमान गरिएको छ । यद्यपि हुन्डाई मोटरले यसको पुष्टि भने गरेको छैन ।

साना एसयूभीको बजार हरेक दिन बढ्दै गएको देखिएपछि उत्पादकको फोकस त्यतातर्फ भएको हो । यी बजारमा आउने नयाँ एसयूभीको मूल्य पनि ३० लाखदेखि ४० लाख हाराहारी रहने अनुमान गरिएको छ ।

भारतमा उत्पादन हुने हुन्डाई क्यास्परमा १.२ लिटर नेचुरल्ली एस्पीरेटेड र १.० लिटर टर्बो इन्जिन रहने अनुमान गरिएको छ । प्रिमियम फिचर लोड भएर आउने क्यास्परले बजारमा टाटा पन्चसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

त्यसैगरी सिट्रोनले बनाएको सि थ्री मोडलमा भने १.२ लिटर टर्बो इन्जिन रहने बताइएको छ । यसमा यसको इन्जिन पावरको हिसावले नेक्सन इभीसँग प्रतिस्पर्धा गर्ने छ । साथै, हुन्डाई भेन्यू, किया सोनेट, मारुती सुजुकी ब्रेजा, महिन्द्रा एक्सयूभी ३०० जस्ता मोडल यसका प्रतिस्पर्धी रहने छन् ।

फ्रेन्च कार निर्माता सिट्रोनका उत्पादन नेपाली बजारमा साँग्रिला मोटर्सले विक्री वितरण गर्दै आएको छ भने हुन्डाईका कार नेपाली सडकमा निकै सफल मानिन्छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आधिकारीक विक्रेताको रुपमा विक्री गर्दै आएको हुन्डाई सधै बजारमा रुचाईएको ब्राण्ड हो ।

सिट्रोनको सीएमपी मोडुलर प्लेटफर्ममा तयार भएको सि थ्रीमा स्प्लीट हेडल्याम्प, एलइडी डीआरएल र रियरमा र्‍यापअराउण्ड एलइडी ब्याक लाइट रहेको छ । डिउलटोन डाइमण्ड कट अलोय ह्वील, १८० एमएमको ग्राउन्ड क्लियरेन्स, ३१५ लिटरको बुट स्पेश, २ हजार ५४० एमएम ह्वीलवेस यसको सबल पक्ष हो ।

भारतमा कस्तो बन्ने भन्ने एकिन नभएपनि कोरियामा विक्री भइरहेको क्यास्पर निकै आकर्षक डिजाइनमा देख्न सकिन्छ । क्यास्परको लम्बाई ३५९५ एमएम, चौडाई १५९५ एमएम र उचाई १५७५ एमएम रहेको छ । यसले पनि यो गाडी भेन्यूभन्दा ४०० एमएम छोटो रहेको छ ।

राउन्ड हेडल्याम्प, सिंगल स्लेट ग्रिल, एलइडी डेटाइम रनिङ लाइट, स्कीड प्लेट, अलोय ह्वील, सनरुफ जस्ता फिचर यसमा समावेस गरिएको छ । क्याविनलाई प्रिमियम बनाउन ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ड्यूल टोन इन्टेरियर, मल्टिफंक्सनल स्टेयरिङ ह्विल, कनेक्टेड कार फिचर, ड्यूल एयरब्याग जस्ता फिचर यसमा रहने छन् ।


Back_to_top