यूएसडी फर्क र डबल च्यानल एबीएसमा नयाँ एमटी १५

काठमाडौं । भारतमा यामाहाको चर्चित मोटरसाइकल एमटी १५ को विक्रीमा उच्च गिरावट आएको छ । जनवरी २०२२ मा यामाहाले १७ यूनिट मात्रै एमटी १५ विक्री भएसँगै यसको भविष्यलाई लिएर विभिन्न टिप्पणी सुरु भएको हो ।

सम्बभव अहिले बजारमा उपलब्ध एमटी १५ को उत्पादन यामाहाले रोकेको भारतीय मिडियाले उल्लेख गरेका छन् । गत जनवरी २०२१ मा कम्पनीले ६ हजार १६८ यूनिट एमटी १५ विक्री गरेकोमा त्यसको एक वर्षपछि केबल १७ यूनिटमा सिमित हुनु निकै चाख लाग्दो विषय हो ।

यामाहाले अर्को महिनाबाट एमटी १५ को नयाँ मोडल ल्याउने अनुमान सुरु भएको छ । अहिलेकै डिजाइनमा फिचर थप भएर आउने एमटी १५ मा यूएसडी फर्क, डबल च्यानल एबीएस, क्वीक सिफ्टर, ट्रयाक्सन कन्ट्रोल, रिभाइज्ड डिजिटल एलसीडी क्लष्टर, यामाहा वाइ कनेक्ट, साइड स्याण्ड इन्जिन कट अफ सेन्सर जस्ता फिचर दिएर आउने छ ।

कम्पनीले यसको इन्जिनमा भने कुनै परिवर्तन गर्ने छैन । यसमा १५५ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहने छ । ६ स्पीड गियरबक्सको साथ आउने यो मोटरसाइकलको अधिकतम पावर १८.२ पीएस र टर्क १३.९ एनएम रहने छ ।


Back_to_top