तपाईको लाइसेन्स प्रिन्ट भयो ? यस्तो छ कार्यालय अनुसारको प्रिन्ट

काठमाडौं । यातायात व्यवस्थापन विभागले लामो समयदेखि रोकिएको १ लाख ५८ हजार लाइसेन्स प्रिन्ट गरेको छ । विभागमा प्रिन्ट हुन बाँकी रहेका ४ लाख १० हजार लाइसेन्स अहिले धमाधम प्रिन्ट भइरहेका छन् ।

विभागका सुचना अधिकारी लोकनाथ भुषलका अनुसार प्रिन्ट भएका सबै लाइसेन्स वितरण केन्द्रमा पठाउने तयारी भइरहेको छ । प्रिन्ट भएर राखिएका लाइसेनसहरु रुजु गर्ने, प्याकिङ गर्ने काम चलिरहेको छ । त्यसपछि सम्बन्धीत कार्यालयमा पठाइने छ ।

‘प्रिन्ट भएका लाइसेन्स कार्यालय पठाउने तयारी भइरहेको छ, अहिले रुजु गर्ने काम भइरहेको छ’, प्रबक्ता भुषालले भने ।

कुन ठाउँका साइसेन्स कुन मितिसम्मका प्रिन्ट भए ?

हालसम्म विभागले एकान्तकुना, जगाती लगायतका स्थानको लाइसेन्स धमाधम प्रिन्ट गरिरहेको जनाएको छ ।

विभागका अनुसार यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र, एकान्तकुनाबाट २०२१ जुन (२०७८ जेठ) महिनासम्म ट्रायल दिएका र नविकरणको लागि आवेदन दिएका लाइसेन्सहरु प्रिन्ट भएका छन् । उक्त लाइसेन्स केही दिनमै एकान्तकुना कार्यालय पुग्ने छन् ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र, जागतीबाट २०२१ डिसेम्बर (२०७८ मंसिर) महिनासम्म ट्रायल दिएका र नविकरणको लागि आवेदन दिएका लाइसेन्स समेत पिन्ट भइसकेका छन् । उक्त लाइसेन्सहरु कार्यालय पुर्याउने क्रममा रहेका छन् ।

ठूलो भर्याङ र चाबहिल कार्यालयका सेवा सेवाग्राहीको लाईसेन्स २०२० डिसेम्बर (२०७७ पुष) महिनासम्मको मात्र प्रिन्ट भएका छन् । अब विभागले विभागले चाबहिल, ठूलोभर्याङ, जनकपुर र विरगंज कार्यालयबाट आएका लाइसेन्स प्रिन्ट गर्ने तयारी गरेको भुषालले बताए ।

उपत्यका बाहिरका कहिलेसम्मका लाइसेन्स प्रिन्ट भए?

उपत्यका बाहिरका मेची, कोशी, सगरमाथा, बर्दिया, सुर्खेत, महाकाली लगायतका व्यवस्था कार्यालयको सवारी चालक अनुमतीपत्र समेत प्रिन्ट भइरहेको छ ।

विभागको जानकारी अनुसार मेची, कोशी, सगरमाथा, बर्दिया व्यवस्था कार्यालयको २०२१ जुन (२०७८ जेठ) महिना भित्रका सवारी चालक अनुमतीपत्र प्रिन्ट भइसकेका छन् ।

सुर्खेत र महाकाली व्यवस्था कार्यालयको पनि २०२१ जुन (२०७८ जेठ) महिनासम्मका सवारी चालक अनुमतीपत्र प्रिन्ट भइसकेका छन् ।


Back_to_top