काठमाडौं । बागमती प्रदेश सरकारले सवारी करमा ठूलो विभेद गरेको छ । निजी सवारीधनीले सरकारी गाडीको तुलनामा तीन गुणाभन्दा पनि बढी राजस्व बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।
निजी साधनमा ३५०० सीसीभन्दा माथिका जीप, कार, भ्यानमा ६५ हजार वार्षिक कर लगाएको सरकारले यही क्षमताको सरकारी गाडीमा भने १७ हजार ५०० रुपैयाँ मात्रै कर लगाएको छ ।

यो विभेद ठूला गाडीमा मात्रै होइन एक हजार सीसीसम्मका कार, जीप, भ्यानमा पनि छ । निजी कारले वार्षिक २२ हजार कर तिर्दा सरकारी साधनले ११ हजार मात्रै तिरे पुग्छ ।


