हुन्डाई आयोनीक ६ परिक्षणमा

काठमाडौं । हुन्डाईको इलेक्ट्रीक सेडान कार आयोनीक ६ परिक्षणको क्रममा देखिएको छ । कम्पनीले आफ्नो इ–जीएमपी डेडिकेटेड इभी प्लेटफर्ममा बनाएको पहिलो पूर्ण इलेक्ट्रीक सेडान कार आयोनीक ६ को यूरोपमा परिक्षण भइरहेको तस्विरहरु बाहिर आएका हुन् ।

यो इलेक्ट्रीक कार सन् २०२३ को सुरुवातबाटै अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुने बताइएको छ । निकै प्रिमियम फिचरको साथ आउने अनुमान गरिएको यो कारको सिधा प्रतिस्पर्धा मर्सिडिज इक्यूएस मोडलसँग हुने देखिन्छ । यी दुबै कारको ह्वीलवेस लगभग समान रहनेछ ।

यसमा उपलब्ध हुने फिचरको विषयमा अनुमान गर्न अहिले चाँडो हुने भएपनि कम्पनीले यसलाई आयोनीक ५ को जस्तै ८०० भोल्ट आर्किटेक्चरमा बनाउने छ । यसले ३५० किलोवाटको चार्जर सपोर्ट गर्नेछ ।

कम्पनीले यसमा दिएको मोटर, व्याट्री लगायका विषयमा कुनै जानकारी दिएको छैन । यद्यपी फुल चार्जमा ५०० किलोमिटर आसपास रेन्ज आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top