काठमाडौं । आइतबार सम्पन्न नाइम मोबिलिटी एक्स्पोमा लीपमोटरका एसयूभीमा उच्च आकर्षण देखिएको छ ।
नेपालका लागि लीपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सले ६ दिनसम्म चलेको एक्स्पोमा ३०० युनिट बढी बुकिङ प्राप्त गरेको जानकारी दिएको हो ।
कम्पनीका अनुसार एक्स्पोभरी लीपमोटरको स्टलमा मेलाभरि अवलोकनकर्ताहरूको उल्लेखनीय भीड लागेको थियो । जसमा हालै सार्वजनिक गरिएको बी ०३ एक्स इलेक्ट्रीक एसयूभी मुख्य आकर्षण बनेको कम्पनीले जनाएको छ ।
बी ०३ एक्स सेग्मेन्टमै उत्कृष्ट १४५ किलोवाटको मोटर, ५३ किलोवाट आवर्सको ब्याट्री, ५०५ किलोमिटर सीएलटीसीसम्मको रेन्ज, ५१० लिटरको फराकिलो बुट स्पेस तथा अत्याधुनिक लेभल २ एडास सुरक्षा प्रविधि रहेको छ ।
बी ०३ एक्स सँगै लीपमोटर बी १० ले पनि अवलोकनकर्ताहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको कम्पनीको भनाइ छ । हालै गरिएको मूल्य कटौती र एक्स्पोका विशेष अफरहरूले बी १० प्रतिको ग्राहक आकर्षण अझ बढाएको हो ।
घटाइएको मूल्यले बी १० लाई प्रिमियम ईभी सेगमेन्टमा अत्यन्तै आकर्षक र सर्वोत्कृष्ट विकल्पको रूपमा स्थापित गर्दै कुल बुकिङमा महत्वपूर्ण योगदान पुर्याएको कम्पनीले जनाएको छ ।
एक्स्पोको सफलतापछि बढेको उत्साहसँगै सांग्रिला मोटर्स अब गाडीहरूको द्रुत डेलिभरी र नेपालभर आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तारमा केन्द्रित हुने जनाएको छ ।


