मोटरसाइकल नामसारी गर्दा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं । मोटरसाइकल नामसारी गर्दा इम्बोस्ड नम्बर प्लेट अनिवार्य भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सुचना जारीगरी नामसारी गर्ने सावारी धनिले इम्बोस्ड नम्बर प्लेत अनिवार्य लगाउनु पर्ने व्यवस्था गरेको हो ।

नामसारी गर्नेको हकमा २०८७ फागुन १ गतेदेखि यो व्यबस्था अनिवार्य गरिएको हो । नयाँ सवारी दर्तामा भने २०७८ मंसिर १ गतेदेखि नै यो व्यवस्था लागू गरिएको थियो । त्यस्तै सवारी दर्ता प्रमाणपत्र नविकरणमा भने २०९७ जेठ १ गतेदखि यो व्यवस्था लागु हुनेछ ।

हालका लागि नामाकरण भइसकेको प्रदेशहरुको हकमा यो व्यवस्था लागु हुनेछ । इम्बोस्ड नम्बर प्लेटमा पटक पटक विवाद हुँदै आएको थियो । विभागले गत माघदेखि स्वेच्छिक रुपमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरेको हो । तर, अहिले भने अनिवार्य गरिएको हो ।

सरकारले दुई पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा २ हजार ५०० रुपैयाँ, टेम्पो लगायत साना सवारीमा २ हजार ९०० रुपैयाँ र कार जिप भ्यानमा ३ हजार २०० रुपैयाँ शुल्क तोकेको छ ।


Back_to_top