‘वर्ल्ड कार अवार्ड २०२६’ को दाबेदारी १० कारको नाम घोषणा

काठमाडौं । ‘वर्ल्ड कार अफ द इयर २०२६ अवार्ड’का लागि अन्तिम १० प्रतिस्पर्धी कारको नाम घोषणा गरिएको छ ।

गोप्य मतदान मार्फत छनोट गरिएका उपाधि दाबेदारी १० कारहरूको नाम सार्वजनिक भएको हो । विभिन्न ३३ देशका ९८ प्रतिष्ठित अन्तर्राष्ट्रिय अटोमोटिभ पत्रकारहरूले मतदान गरेका थिए ।

वर्ल्ड कार अफ द इयर २०२६ अवार्डको शीर्ष तीन कारको घोषणा आगामी मार्च ३ मा गरिने छ । त्यस्तै, फरक फरक विधामा उत्कृष्ट हुने कारको नाम भने अप्रिल १ मा न्यूयोर्क अन्तर्राष्ट्रिय अटो शोमा घोषणा गरिने छ । विगत २१ वर्षदेखि हरेक वर्ष ‘वर्ल्ड कार अफ द इयर’ घोषणा गरिँदै आइएको छ ।

यस वर्ष अवार्डको लागि शीर्ष १० मा परेका कारहरू मध्ये ४ वटा कोरियन, ३ वटा युरोपियन, २ वटा जापानी र एउटा चिनियाँ ब्राण्डका रहेका छन् ।

जसमा अउडी क्यू फाइभ, बीएमडब्लू आइएक्स थ्री, बीवाइडी सिल ६ डीएमआइ, हुन्डाई आयोनिक नाइन, हुन्डाई पेलिसाइड, किया ईभी फोर, किया ईभी फाइभ, मर्सिडिज बेन्ज सीएलए, निसान लिफ र टोयोटा र्याभ फोर रहेका छन् ।

त्यस्तै, उत्कृष्ट लक्जरी कार अर्वाडको सूचीमा अउडी ए ६ इट्रोन, अउडी ए ६, क्याडिल्याक भिस्टिक, लुसिड ग्राभिटि र भोलभो ईएस ९० परेका छन् ।

त्यसैगरी, वर्ल्र्ड फर्ममेन्स कार विधामा बीएमडब्लू एम टू सीएस, चेभ्रोलेट कर्भेट ई रे, डिफेन्डर ओसीटीए, हुन्डाई आयोनिक ६ एन र मर्सिडिज बेन्ज एमजी जीटी ६३ प्रो अन्तिम पाँचमा परेका छन् ।

त्यस्तै, वर्ल्ड इलेक्ट्रीक भेहिकल अवार्डका लागि अउडी ए ६ इट्रोन, बीएमडब्लू आइएक्स थ्री, हुन्डाई आयोनिक नाइन, मर्सिजिड बेन्च सीएलए र निसान लिफ अन्तिम सूचीमा परेका छन् ।

वर्ल्ड कार डिजाइन अवार्डका लागि फायरफ्लाइ, किया पीभी फाइभ, लिंक एण्ड को ०८, माज्दा ६ ई/ईजेड ६ र भोल्भो ईएस ९० छनोट भएका छन् ।


Back_to_top