चर्को आवाज निकाल्ने ३१ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं । ट्राफिक प्रहरीले ठूलो आवाज निकाली ध्वनि प्रदूषण गराउने मोटरसाइकल विरुद्ध कडाइका साथ कारबाही गर्न थालेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेतले मोटरसाइकलको विभिन्न पार्टपुर्जाहरू फेरि स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण गराउने ३१ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले सुर्खेत उपत्यकाका विभिन्न स्थानमा छड्के चेकजाँच गरी ती मोटरसाइकल नियन्त्रणमा लिएको हो । समाजमा शान्ति सु-व्यवस्था खलल पुर्याउने  काम गरेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिएको छ ।

साथै, प्रहरीले सवारी साधनधनीले आफ्नो सवारीसाधन मोडिफाइ नगरी पूर्ववत् असली स्वरूपमा चलाउन, ‘मोडिफाइ’ गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप, रिकन्डिसन हाउस संचालकलाई समेत उक्त कार्य नगर्न नगराउन अनुरोध समेत गरेको छ ।


Back_to_top