प्योर ईभीमा आउने भयो ‘टोयोटा हाइल्याण्डर’

काठमाडौं । जापानी कार निर्माता टोयोटाको चर्चित एसयूभी हाइल्याण्डर पूर्ण इलेक्ट्रीक मोडलको पमा आउने भएको छ । सन् २०२७ बाट अमेरिकामा बिक्री सुरू हुने हाइल्याण्डर ७ सिट क्षमताको एसयूभी हुनेछ ।

पेट्रोलियम पदार्थबाट चल्ने टोयोटा हाइल्याण्डर अमेरिकी बजारमा निकै सफल एसयूभी हो । त्यसैले यसको इलेक्ट्रीक मोडल पनि कम्पनीले अमेरिकाबाटै बिक्री थाल्न लागेको अनुमान गरिएको छ ।

अमेरिकाको नर्थ क्यारोलिनामा टोयोटाले ब्याट्री उत्पादन प्लाण्ट बनाइरहेको छ । त्यसैले हाइल्याण्डर ईभीको उत्पादन अमेरिकामै हुनेछ । टोयोटाले नयाँ हाइल्याण्डरका धेरै फिचरको बारे जानकारी पनि दिएको छ ।

कम्पनीका अनुसार नयाँ हाइल्याण्डर ईभी फ्रन्ट ह्वील ड्राइभ र अल ह्वील ड्राइभ मोटरमा उपलब्ध हुनेछ । यसको रियर ह्वील ड्राइभ सिस्टमसँग ७७ किलोवाट आवरको ब्याट्री प्याक रहनेछ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा ४६० किलोमिटर रेन्ज दिनेछ ।

अल ह्वील ड्राइभ सिस्टमसँग भने ९५.८ किलोवाट आवरको ब्याट्री रहनेछ । उक्त ब्याट्रीलाई फुल चार्ज गरेर ५१५ किलोमिटर यात्रा गर्न सकिने टोयोटाको दावी छ ।

हाइल्याण्डर एसयूभीको फ्रन्ट ह्वील मोटर १६५ किलोवाट क्षमताको हुनेछ । अल ह्वील मोटरको संयुक्त पावर भने २५० किलोवाटको हुनेछ । दुवै भेरियन्टले ११ किलोवाटको एसी चार्जर सपोर्ट गर्नेछ ।

निकै ठूलो साइजको एसयूभीमा ३०५१ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । क्लोजअफ ग्रिल, स्लीम ड टाइम रनिङ लाइट, फ्लस टाइप डोर ह्याण्डल रहने एसयूभीको ड्यासबोर्डमा १४ इन्चको टच स्क्रीन र १२.३ इन्चको इन्फर्मेसन डिस्प्ले रहने छ ।


Back_to_top