टाटाका ९ मोडल मध्ये पहिलो रोजाइमा नेक्सन, अरूको अवस्था कस्तो ?

काठमाडौं । सन् २०२६ को जनवरीमा टाटा मोटर्सको प्यासेन्जर कार बिक्रीमा उछाल आएको छ । कम्पनीले जनवरीमा कुल ७० हजार २२२ युनिट कार बिक्री गर्न सफल भएको छ ।

यो गत वर्ष सोही अवधिको तुलनामा ४६.०७ प्रतिशत अर्थात् २२ हजार १४७ युनिट धेरै हो । सन् २०२५ जनवरीमा टाटाले ४८ हजार ७५ युनिट मात्रै बिक्री गरेको थियो ।

टाटाले हाल बजारमा ९ मोडलका कार उपलब्ध गराएको छ । जसमा ३ मोडल आइस मात्र र ६ मोडल ईभी÷आइस दुवै भर्सनमा उपलब्ध गराएको छ ।

जनवरीको बिक्री तथ्यांक अनुसार टाटाका कार मध्ये सर्वाधिक रोजाइमा नेक्सन देखिएको छ । ईभी र आइस दुवै भर्सनमा उपलब्ध नेक्सन एक महिनामै २३ हजार ३६५ युनिट बिक्री भएको छ । गत वर्षको सोही अवधिको तुलनामा नेक्सनको बिक्री ५१.७५ प्रतिशतले बढेको छ ।

जनवरीमा दोस्रो धेरै पन्च एसयूभी बिक्री भएको छ । दुवै भर्सनमा उपलब्ध पन्च १ महिनामा १९ हजार २५७ युनिट बिक्री भएको छ ।

त्यसैगरी, जनवरीमा टियागो ८ हजार ३४९ युनिट, सियरा, ७ हजार ३ युनिट, ह्यारीयर ३ हजार ७११ युनिट, अल्ट्रोज ३ हजार १३५ युनिट, सफारी २ हजार ३७५ युनिट, कभए १ हजार ६६६ युनिट र टिगोर १ हजार ३१६ युनिट बिक्री भएको छ ।

टाटाका ९ मोडल कारमध्ये नेपालमा सियरा र ह्यारीयर दुई मोडल मात्र उपलब्ध छैनन् । अरु ७ मोडल बिक्री हुँदै आएका छन् ।


Back_to_top