यी हुन् मोटरसाइकल धनीले बचाउनु पर्ने ३ पार्टस

काठमाडाैं । मोटरसाइकललाई सुरुवाति मूल्यमा यसको मूल्याङकन गर्ने गरेको पाइन्छ । कुनै समय मोटरसाइकलको खरिद मूल्यले मोटरसाइकलको मूल्याङकन गर्नु गलत सावित समेत हुनसक्छ ।

मोटरसाइकल खरिदकर्ताले खरिद पश्चात् गर्नु पर्ने ममर्त खर्च, पेट्रोलियम खर्च जस्ता कुरामा समेत ध्यान दिनु पर्ने हुन्छ । नेपालमा सरकारले लगाउने सडक दस्तुर जस्ता विषय समेतमा ध्यान दिनु पर्ने देखिन्छ ।

नेपाली बजारमा सर्वाधिक बिक्री हुने १५० सीसी सेग्मेन्टका मोटरसाइकल रहेका छन् । नागरिकको क्रयशक्ति बढ्दै गएसँगै २५० सीसीका मोटरसाइकलले सडकमा उपस्थिति बढाउन थालेका छन् ।

एउटा मोटरसाइकलले आफ्नो खरिद मूल्यभन्दा आफ्नो सञ्चालन अबधिमा धेरै पैसा ममर्त तथा पेट्रोलियममा खर्च गर्ने गर्छ । मोटरसाइकलमा हजारौ पार्टसको प्रयोग भएको हुन्छ । मोटरसाइकल गुड्न हरेक पार्टसको उत्तिकै भूमिका रहेको हुन्छ । तर ती सबै पार्टस्को आचरण अनुसार मूल्य भने फरक रहेको हुन्छ ।

आज हामी मोटरसाइकलमा प्रयोग भएको तथा धेरै बिग्रने सम्भावना बोकेको पार्टस्को बारेमा चर्चा गर्न गइरहेका छौं ।

सामान्यतया मोटरसाइकलको सबैभन्दा महंगो पार्टस् भनेको इन्जिन नै हो । तर, सामान्य अवस्थामा इन्जिन बिग्रने सम्भावना भने न्यून रहेको हुन्छ । मोटरसाइकल लामो समय पुर्ण रुपमा पानीमा डुबेको अवस्थामा, इन्जिन आयल समयमा परिर्वतन नगर्दा इन्जिनमा खरावि आउने गर्छ ।
तर, यसका अलावा पनि अन्य थुप्रै पार्टस्हरु मोटरसाइकलमा रहेका हुन्छन् । जसलाई परिवर्तन गर्नुपर्दा ठूलो धनरासी खर्च गर्नु पर्ने हुन्छ ।

१. क्लच प्लेट

मोटरसाइकल चलाउँदा सबैभन्दा धेरै प्रयोग हुने पार्टस् भनेको क्लच हो । हरेक पटक गियर चेन्ज गर्दा यसको प्रयोग गर्नु पर्ने हुन्छ । यसको मूख्य काम भनेको इन्जिन र गियरको कनेक्सनलाई सहज गराउने हो ।

सवारी चाप धेरै हुने स्थानमा मोटरसाइकल चलाउँदा क्लच रेगुरल प्रयोग हुन्छ । यस्तोमा क्लच प्लेटमा खराबी छिट्टै आउने गर्छ । क्लच प्लेट मोटरसाइकलमा प्रयोग हुने महंगो पार्टस् भित्र पर्छ । यसको राम्रोसँग प्रयोग नगर्दा खर्च बढ्न सक्छ । त्यसैले अनावस्यक क्लच लिने काम गर्नु हुँदैन ।

२. चेनस्पोर्केट

मोटरसाइकल गड्दा हरेक क्षण प्रयोग हुने अर्को पार्टस् चेनस्पोर्केट हो । यो पार्टस् बिग्रने धेरै सम्भावा रहेको हुन्छ । समयमा ल्यूव नगर्ने, सफा नगर्ने गर्दा यसमा समस्या आउने गर्छ ।

यो पार्टससमेत महंगो मध्यको एक र धेरै परिवर्तन गर्नु पर्ने पार्टस हो । यसलाई समय समयमा चेक गर्ने, सफा गर्ने गरेको खण्डमा केही बचाउ गर्न सकिन्छ ।

३. डिस्क प्याड

मोटरसाइल गति जतिनै भएपनि यसलाई नियन्त्रण गर्ने काम ब्रेकको हुन्छ । आधुनिक मोटरसाइकलमा डिस्क ब्रेक प्रयोग हुने गरेको छ । ड्रम ब्रेकको तुलनामा डिस्क ब्रेक सिस्टम महंगो रहेको छ ।

विभिन्न कम्पनी अनुसार डिस्क प्याडको मूल्य फरक रहेको छ । सुरक्षाको हिसावले डिस्क प्याड सधै आधिकारीक मात्र प्रयोग गर्नु पर्छ । हाम्रो जस्तो धुलो, हिलो हुने सडकमा मोटरसाइकल चलाउँदा यसमा फोहोर जम्मा भएर चाँडै बिग्रने सम्भवना हुन्छ । यसले डिस्क रिमलाई समेत हानी पुर्याउने गर्छ । यसले मोटरसाइकलमा अझै धेरै खर्च बढाउने गरेको पाईन्छ ।


Back_to_top