बीएमडब्ल्यू एक्स थ्रिमा छन् यस्ता फिचर

काठमाडौं । जर्मन प्रिमियम अटो कम्पनी बीएमडब्ल्यूको नेपालमा आधिकारीक शोरुम बनिसकेको छ । आधिकारीक लञ्च नभएता पनि नेपाली बाटोमा विगत लामो समयदेखि बीएमडब्ल्यूका कार तथा एसयूभीहरु गुडिरहेका छन् । लग्जरी तथा स्तरीय गाडी उत्पादनमा प्रख्याति पाएको बीएमडब्ल्यूका गाडीहरु नेपालमा लक्ष्मी प्रिमियमले बिक्री गर्ने छ ।

नेपालमा आउने विभिन्न मोडलहरु मध्य बीएमडब्ल्यूको एक्स–३ को चर्चा सर्वाधिक चलिरहेको छ । कम्पनीले आधिकारीक लन्च बीनानै यसको थुप्रै यूनिट बिक्री गरिसकेको छ । कम्पनीले यसको आधिकारीक बिक्री सुरु भएको घोषणा भने आगामी हप्ता गर्ने भएको छ ।

बीएमडब्ल्यूको एसयूभी एक्स ३ मा २.० लिटरको ४ सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । यसमा अटोमेटीक गियरबक्स दिइएको छ । जसले १८४ हर्स पावर तथा २९० एनएम टर्क उत्पादन गर्छ । नेपाली बाटाहरुमा शुहाउदो १९ इन्चको डबल स्पोक अलोय ह्वील रहेको यस एसयूभीमा २०३ एमएम ग्राउण्ड क्लियरेन्स रहेका छ ।

एम्बीएन्ट लाइट सहितको ड्यासबोर्डमा मल्टि फङ्गसन लेदर स्टेरिङ्ग ह्विल रहेको यस कारमा १२.३ इन्चको इन्फोटेन्मेन्ट सिस्टम रहेको यस एसयूभीमा १२.२५ इन्चको कन्ट्रोल डिस्प्ले समेत रहेको छ ।

यो एसयूभीमा डिजिटल डिस्प्लेसहितको ‘थ्री जोन अटोमेटिक एयर कन्डिसन’ रहेको छ । हाइफाई साउन्ड सिस्टम रहेको यस कारमा टायर प्रेसर इन्डिकेटर, कम्फर्ट एसेस सिस्टम, अटोमेटिक टेलगेट, पानारोमीक ग्लास रुफ, एक्टीभ सिट भेन्टिलेटर, मेमोरी सहितको इलेक्ट्रिक सिट एड्जस्मेन्ट सिस्टम तथा रियर व्याकरेष्ट समेत रहेको छ ।

ड्राइभिङ्ग कम्फर्टका लागि क्रुज कन्ट्रोल विथ ब्रेकिङ्ग फङ्गसन, स्पिड लिमिटर, इलेक्ट्रोमेकानीक पार्किङ ब्रेक तथा पुस बटम स्टार्ट स्टप फङ्सन यसमा पाउन सकिन्छ ।

सुरक्षाका लागि ड्राइभर तथा पेसेन्जर साइड एयरव्याग, फस्ट तथा सेकेन्ड रो हेड एयरव्याग, ड्राइभर तथा पेसेन्जरका लागि साइड एयरव्यागले यो गाडीमा यात्रा गर्ने यात्रुलाई सुरक्षा प्रदान गर्ने छ ।

एबीएस, डाइनामिक स्टेबीलीटी कन्ट्रोल, डाइनामिक ट्याक्सन कन्ट्रोल, साइड इम्प्याक प्रोटेक्सन, प्रेडिस्टेन्टका लागि अकोस्टीक प्रोटेक्सन आदि थप सुरक्षाको फिचर ग्राहकले पाउने छन् ।


Back_to_top