काठमाडौं । सन् २०१९ को अक्टोबर महिना भित्र सार्वजनिक गर्ने तयारीमा रहेको ह्याचव्याक कारको बारे निकै चर्चा सुरु भएको छ । यस बीचमा हुन्डाई, मारुती सुजुकी र टाटाले आफ्नो ह्याचव्याक मोडल सार्वजनिक गर्ने तयारी गरेका हुन् ।
यी तीन कम्पनी मध्य टाटा मोटर्सले आफ्नो पहिलो प्रिमियम ह्याचव्याक कार अल्ट्रोज सार्वजनिक गर्नेछ । कम्पनीले यसलाई आगामी महिना अगस्टको अन्तिम शातासम्ममा बजारमा ल्याउने जनाएको छ । हुन्डाईले अल न्यू ग्रान्ड आई १० अक्टोबरमा सार्वजनिक गर्ने जनाएको छ ।
मारुती सुजुकीले माइक्रो एसयूभीको नामले उत्पादन गरिरहेको एस–प्रेसो पनि दिपावली अगाडि बजारमा ल्याउने अनुमान गरिएको छ । यस्तोमा यी गाडीका विषयमा केही जानकारी दिने हामीले प्रयास गरेका छौं ।
टाटा अल्ट्रोज
टाटाले मोटर्सले उत्पादन गरेको प्रिमियम ह्याचव्याक कार अल्ट्रोज अगस्ट महिनामा सार्वजनिक हुनेछ । टाटाले अल्ट्रोजको उत्पादन मोडल यही वर्षको जेनेभा अटो शोमा सार्वजनिक गरेको थियो । २.० डिजाइन ल्यांग्वेजमा अल्ट्रोज बनेको हो ।

यो कारमा एलइडी प्रोजेक्टर हेडल्याम्प, डेटाइम रनिङ लाइट, अलोय ह्वील, मल्टिपल राइडिङ मोड, इन बिउल्ड नेभिगेसन, भ्वाइस कमान्ड, एप्पल कारप्ले, एन्ड्रोइड अटो कनेक्टिभिटीलगायत विशेषता रहने छ ।
त्यस्तै अल्ट्रोजमा सेमी–डिजिटल इन्ट्रुमेन्ट क्लस्टर राखिएको छ । टाटा अल्ट्रोज १.२ लिटर टर्बो पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध हुनेछ ।
नेपाली बजारमा नाडा अटो शोमा सार्वजनिक हुने अनुमान गरिएको छ । टाटाको प्रिमियम ह्याचब्याक कार अल्ट्रोजको नेपालमा मूल्य करिब ३३ लाखदेखि ३५ लाख रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ ।
हुन्डाई ग्रान्ड आई १०
हुन्डाईले आगामी अगटस्ट १० मा आफ्नो चर्चित ह्याचव्याक कार ग्रान्ड आइ १० को अल न्यू मोडल सार्वजनिक गर्ने भएको छ । नयाँ ग्रान्ड आई–१० मा कनेक्टिभिटी सिस्टम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

स्पाई लुकमा निर्माण भएको यस ह्याचब्यकको एक्सटेरियर र इन्टेरियरमा स्पोर्टी लुक दिईएको छ । नयाँ फ्युडलिक प्रविधिमा आधारित मोडलको फ्रन्टमा ग्रिल, नयाँ डिजाइनको अलोय ह्वील, सार्पर हेडलाइट र न्यु टेलाइट लगाइएको छ । कारमा हुन्डाई भेन्यूमा प्रदान गरिएको जस्तै ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको विशेषता दिइएको छ ।
यसमा उपलब्ध १.२ लिटर कप्पा इन्जिनले ८३ बीएचपी पावर उत्पादन गर्छ, भने इन्जिनमा ५ स्पीड म्यानुअल गियरबक्स लगाइएको छ । इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यसमा बीएस–६ मापदन्ड अनुरुपको इन्जिन लगाइएको कम्पनीले जनाएको छ ।
एस प्रेसो
मारुती सुजुकीले बजारमा ल्याउन लागेको कन्सेप्ट फ्युचर एसमा आधारित एस प्रेसोमा १.० लिटर पेट्रोल इन्जिन दिइएको जनाएको छ । एस प्रेशोलाई कम्पनीले अगस्टको अन्तिम सातादेखि सेप्टेम्बरको पहिलो सातासम्ममा बजारमा उतार्ने जनाएको छ ।
२०१८ को अटो एक्स्पोमा प्रदर्शन गरिएको यो मोडलमा हाइ ग्राउन्ड क्लियरेन्स, अपराइट फ्रन्ट फेसिका, सर्ट बोनेट स्ट्रक्चर, टल पिलर, स्पेसियस इन्टीरियर, र्यापराउन्ड हेडल्याम्पसँगै एलइडी डिआरएलएस, रेक्ट्याङ्गुलर टेल ल्याम्प, लगायतका विशेषता दिइएको छ ।
यसमा राउन्ड सेप डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर र आकर्षक इन्फोटेनमेन्ट सिस्टमको विशेषता दिइएको छ । यसको इन्जिनमा पाँच स्पीड म्यानुअल र पाँच स्पीड एएमटी दिइएको छ । एस प्रेसो लाइटवेट हर्टटेक प्लाटफर्ममा निर्माण भएको कम्पनीले जनाएको छ ।

