यस्तो छ १ करोड माथीका गाडी बिक्रीको आँकडा, कुन कम्पनीले कति बेचे

काठमाडौं । सरकारले सवारीसाधनलाई विलाशीताको साधनको साधनको रुपमा हेरि रहेको छ । नेपाली बजारमा १६ लाखदेखि ४÷५ करोड रुपैयाँसम्मका कार उपलब्ध रहेको छन् । युरोपेली कम्पनीदेखि जापानी तथा अमेरिकी कम्पनीसम्मका कार नेपाली बजारमा उपलब्ध छन् । 

२०७५ साउनदेखि २०७६ बैशाखसम्ममा ३ सय ७४ वटा एक करोड रुपैयाँ भन्दा बढी मूल्यका कार बिक्री भएका छन् । टोयोटादेखि मर्सिडिज हुँदै प्युजोसम्मका कार उपभोक्ताको रोजाईमा परेको छ । 

१० महिनाको अवधिमा नेपाली बजारमा टोयोटाले १ सय २८ वटा प्रिमियम गाडी बिक्री गरेको छ । यो सेमगेमन्टमा टोयोटाको ल्यान्डक्रुजर, ल्यान्डक्रुजर प्राडो, फर्चुनर र र्याभफोर रहेको छ ।

यो सेगमेन्टमा टोयोटापछि धेरै बिक्री हुनेमा मित्सुबिसी रहेको छ । १० महिनामा मित्सुबिसीले ७० वटा कार बिक्री भएको छ । मित्सुबिसीले पजेरो, पजेरो स्पोर्टस्, आउट ल्यान्डर, एक्लिप्सलगायत गाडी बिक्री गर्दै आएको छ । 

धेरै बिक्री हुने प्रिमियम एसयूभीमा प्युजो तेस्रो स्थानमा रहेको छ । १० महिनामा प्युजोका ३५ वटा एसयूभी बिक्री भएको छ । नेपाली बजारमा प्युजोका ३००८ र ५००८ बिक्री हुँदै आएको छ । त्यस्तै चौथो स्थानमा निसानका गाडी रहेका छन् जुन १० महिनामा २८ वटा बिक्री भएको छ । निसानका एक्स–ट्रायल र पेट्रोल रहेको छ । 

निसानपछि यो सेगमेन्टमा स्कोडाका कार धेरै बिक्री भएको छ । स्कोडाको कोडेक र सुपर्व प्रिमियम गाडी हो । १० महिनामा स्कोडाको प्रिमियम गाडी २२ वटा बिक्री भएको छ । स्कोडा पछि धेरै बिक्री हुनेमा मर्सिडिज रहेको छ । यो गाडी १० महिनामा नेपाली बजारमा १७ वटा बिक्री हुँदा ल्यान्ड रोभर १५ वटा बिक्री भएको तथ्यांक छ । 

त्यस्तै १० महिनामा सुबारु १४ वटा, होन्डा १२ वटा, फक्सवागन ११ वटा, फोर्डको १० वटा, हुन्डाई ५ वटा, माज्दाको ५ वटा र स्याङयोङका २ वटा कार बिक्री भएको तथ्यांक छ ।  


Back_to_top