हार्लेको फ्याटबोय नेपाल भित्रियो, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । अमेरिकी मोटरसाइकल हार्ले डेभिडसनको क्रुजर मोटरसाइकल फ्याटबोय नेपाल भित्रिएको छ । हार्ले डेभिडसन काठमाडौंले उक्त मोटरसाइकल ल्याएर बिक्री गरिसकेको जनाएको छ । 

हार्ले डेभिडसनको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई ग्रुप अन्तर्गतको आइएमई अटोमोटिभ्सले उक्त मोटरसाइकल नेपाल ल्याएको हो । एक वर्ष अगाडि कम्पनीले हार्लेका मोटरसाइकल नेपाल भित्र्याएको थियो । गत वर्षको नाडा अटो शोमा हार्लेका मोटरसाइकल राखिएको थियो । 

नेपाल भित्रिएको फ्याटबोय ११४ को इन्जिन क्षमता १८ सय ६८ सीसी रहेको छ । यो इन्जिनले ६५ बीएचपी पावर र ३ हजार आपीएममा १६१ एनएम टर्क जेनेरेट गर्छ । फ्याटबोयमा डबल सिलिन्डर एयरकुल्ड फ्युल इन्जेक्टेड इन्जिन रहेको छ । 

यो मोटरसाइकलमा फ्युल ट्यांकी १९ लिटरको, एलइडी हेड र टेल लाइट, १६ सय ६२ एमएम ह्वीलवेस र ग्राउण्ड क्लियरेन्स १ सय १५ एमएम रहेको छ । हार्ले फ्याटबोयको तौल ३ सय ४ किलोग्राम रहेको छ ।  

नेपाली बजारमा उपलब्ध फ्याटबोय ११४ को मूल्य ८५ लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । 


Back_to_top