बन्द भयो ३० वर्ष पुरानो चर्चित अफरोड एसयूभी

मारुती सुजुकीले आफ्नो चर्चित अफरोड एसयूभी जिप्सीको उत्पादन आधिकारीक रुपमा बन्द गरेको छ । कम्पनीले आफ्ना डिलरहरुलाई ईमेल लेखेर यो कुराको जानकारी दिएको हो ।

विगत ३० वर्षदेखि बजारमा उपलब्ध यो आईकोनिक एसयूभीको बारेमा कम्पनीले डिलरलाई ईमेलमा लेखेको छ ‘अब तपाईहरु जिप्सीको बुकिङ्ग अर्डर नलिनु होला ।’

सन् १९८५ मा पहिलो पटक बजारमा आएको यो पेट्रोल एसयूभी नेपाली बजारमा पनि निकै चर्चित रहेको थियो । नेपाली सेनाको रोजाईमा समेत परेको यो एसयूभी अन्तत बन्द भएको छ । 

भारतीय सेनाको रोजाइमा रहेको यो गाडी महिन्द्राको स्कार्पियो र टाटा सफारी स्ट्रोम आएसँगै आफ्नो बजार हिस्सा गुमाउन बाध्य भएको थियो ।

कम्पनीले यसअघि नै सरकारले ल्याएको सुरक्षा र प्रदुषण मापदन्डको कारण जिप्सीको उत्पादन बन्द गर्ने निर्णय भएको जानकारी दिइसकेको छ । 


Back_to_top