टाटाले नयाँ एसयूभी H7X भोलि जेनेभामा सार्वजनिक गर्दै

टाटा मोटर्सले जेनेभा मोटर शो आयोजना हुनुपूर्व नै एच–७ एक्स अवधारणामा आधारित एसयूभीको टिजर भिडियो रिलिज गरेको छ । कम्पनीले भोलि मार्च ५ देखि १७ सम्म सञ्चालन हुने जेनेभा मोटर शोमा उक्त एसयूभी सार्वजनिक गर्नेे तयारी गरेको हो । 

यो मोडलको लम्बाई ४ हजार ६६० एमएम रहेको यसमा टाटा ह्यारियरको जस्तै २ हजार ७४१ एमएमको ह्वीलवेश दिइएको कम्पनीले जनाएको छ ।

यसमा ल्यान्डरोभर डिस्कभरि स्पोटर्स र टाटा सफारीको जस्तै अतिरिक्त हेडरुमका लागि रुफ व्यवस्था गरिएको छ । यस्तै, यसमा २.० लिटर मल्टीजेट–आई क्रियोटेक–१७० डिजेल इन्जिन दिइएको छ, जसले १७० पीएस पावरकासाथै ३५० एनएम–टर्क उत्पादन गर्छ । सिक्स–स्पीड म्यानूअल तथा सिक्स–स्पीड अटोमेटिक ट्रान्समिसनमा आउने छ । 

कम्पनीले टाटा ह्यारियरमा फ्रन्ट–ह्वील ड्राइभ दिइएको थियो भने एच–७ एक्समा भने अल–ह्वील ड्राइभको विशेषता दिने छ । यसको सुरुवाति मूल्य १६ लाख भारुसम्म पर्न सक्ने अनुमान गरिएको छ ।


Back_to_top