पार्किङ एरियामा आगलागी हुँदा ३ सय कार जलेर नस्ट

काठमाडौं । ‘एरो इन्डिया शो’को पार्किङमा आज शनिबार एक्कासी आगलागी हुँदा पार्किङमा राखिएका ३०० कार जलेर नस्ट भएका छन् । भारतको बैङलुरुमा भएको उक्त शो हेर्न आउनेहरुले पार्किङ गरेर राखेको स्थानमा आगलागी भएको हो । 

आगलागीका कारण शो नै प्रभावित भएको छ । आगो नियन्त्रणका लागि अग्नी नियन्त्रकहरुलाई परिचालन गरिएको थियो । एलंगा हवाइ अड्डा नजिकै खुल्ला पार्किङ स्थलमा आगलागी भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । आगलागीको कारण भने अझै खुल्न सकेको छैन । 

हवाई अड्डा नजिकै आगलागी भएपनि विमानमा भने कुनै क्षति नभएको जनाइएको छ । आग्नि नियन्त्रक कार्यालयका डीजीपी एमएन रेड्डीले ३ सय वटा कार जलेको ट्विट गर्दै जानकारी दिएका छन् । अहिले आगो भने पूर्ण रुपमा नियन्त्रणमा आएको छ।


Back_to_top