महिन्द्रा उदयको आज अन्तिम दिन

काठमाडौं । शुक्रबारबाट सुरु भएको महिन्द्राका भेहिकलहरूको एकल लाइफ–स्टाइल अटो शो ‘महिन्द्रा उदय’को आज आईतबार अन्तिम दिन हो । शुक्रबार र शनिबार अवलोकनकर्ताको निकै राम्रो उपस्थिति रहेको उक्त प्रदर्शनीमा आजपनि निकै राम्रो सहभागिता रहने अनुमान आयोजकले गरेका छन् । 

उक्त मेलामा महिन्द्राका पछिल्लो उत्पादन कम्प्याक एसयूभी ‘एक्सयूभी–३००’ तथा एमपीभी–मराजोमा विशेष भीड लागेको छ । अग्नी इन्कर्पोरेटका जनरल मेनेजर बर्दान बस्नेतकाअनुसार एकल ब्राण्डका प्रदर्शनीमा पनि सर्वसाधारणको उल्लेखनीय चासो रहेको देखिएको छ । 

‘यो प्रदर्शनीमा बिक्रीभन्दा पनि महिन्द्राको सबै रेन्ज तथा महिन्द्रा के हो ? भन्ने कुरामा फोकस रहेकोले आम–मानिसको चासोप्रति हामी उत्साहित भएका छौँ, बस्नेतले भने । 

महिन्द्राको कमर्शियल भेहिकलहरूको बिक्री–वितरण गरिरहेको एमभी दुगड ग्रुपका जनरल म्यानेजर शम्भु सुवेदीकाअनुसार महिन्द्राका कमर्शियल भेहिकलहरू नेपालका लागि सबैभन्दा उपयुक्त रहेको छ । 

‘हामीले विशेष कामका लागि उपर्युक्त हुने गरी कस्टुमाइज बडीसहितका हलुका सवारीसाधनहरू देखाएका छौँ । त्यसमा धेरैको चासो रहेको हामीले पायौँ’, सुवेदीले भने । 

यो लाइफ–स्टाइल अटो शोमा आज कलाकारहरू स्वप्न सुमन, किरण नेपाली, सुजिना श्रेष्ठ, ११ः११ एनएसटी, नातु शाहले आफ्नो प्रस्तुति दिने भएका छन् ।

यसकासाथै सो मेलामा मःम, नेवारी, मैथली, थाई, बेकरी आइटम–कफी, चाट, पानीपुरी तथा लाफिङ्ग पाइने विभिन्न १२ वटा खानाका स्टलको पनि व्यवस्था गरिएको छ ।

के छ मेलामा ?

आकर्षक डिजाइन, उत्कृष्ट पफर्मेन्स र आधुनिक विशेषताहरूकासाथ सुसज्जित एसयूभीहरू तथा बलियो, कम्फर्टेवल, आकर्षक तथा सबभन्दा बढी माइलेज दिने कमर्शियल भेहिकल निर्माणका लागि ख्यातिप्राप्त कम्पनीले आफ्ना सबै उत्पादनलाई मेलामा राखेको छ । 

मेलामा एसयूभी, इलेक्ट्रीक भेहिकल, दुईपाङ्ग्रेमा मोटरसाइकल तथा स्कुटर, हेभी इक्युपमेन्ट, कृषिमा प्रयोग हुने ट्र्याक्टर, जेनेरेटरकासाथै हेवी तथा लाइट कमर्शियल भेहिकल रहेका छन् । 

महिन्द्राका लागि नेपालको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट, एमभी दुगड, स्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयुक्तरुपमा यो लाइफ–स्टाइल एन्ड अटो शोको आयोजना गरेका हुन् । 


Back_to_top