हुन्डाई मोटर्सले आफ्नो पछिल्लो उत्पादन सव–कम्प्याक एसयूभी अप्रिलमा सार्वजनिक गर्ने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । भारतीय बजारलाई आधार बनाएर उत्पादन गरिएको उक्त एसयूभी निकै सफल हुने अपेक्षामा कम्पनीले लिएको जनाइएको छ ।
‘क्यूएक्सआई’ कोण–नेममा उत्पादन भइरहेको उक्त नयाँ एसयूभीलाई भारतीय बजारको अलावा अमेरिकी बजारमा पनि उतार्ने तयारीमा कम्पनी रहेको छ । यसलाई आन्तरिक परीक्षणको क्रममा धेरैपटक सडकमा देखिएको छ ।
कम्पनी आफ्नो नयाँ एसयूभीको नाम भने अझै तय गरेको छैन । यो नयाँ एसयूभीले मारुती सुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन, फोर्ड ईकोस्पोट, महिन्द्रा एक्सयूभी–३०० सँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
कम्पनीले यसलाई ग्रान्ड आई–१० को प्ल्याटफर्ममा ल्याउने छ भने डिजल र पेट्रोल दुबै इन्जिनमा उपलब्ध हुने छ । म्यानुयल र अटोमेटिक दुबै गियर अप्सनमा उपलब्ध हुने यो एसयूभीमा थुप्रै सेग्मेन्ट फस्र्ट फिचरहरू रहने अनुमान गरिएको छ ।
कम्पनीको नयाँ कम्प्याक एसयूभीले १०० पीएस पावर जेनेरेट गर्ने अनुमान गरिएको छ । नयाँ एसयूभी सिग्नेचर फ्रन्ट ग्रिल, आईब्रो–लाइटकासाथ आउनेछ ।

