भारतीय बजारमा अमेरिकी कम्पनी फोर्डले सेभेन–सिटर फूल–साइज एसयूभी इन्डोभर फेसलिफ्ट सार्वजनिक गरेको छ । दुईवटा इन्जिन अप्सन २.२ लिटर र ३.२ लिटरमा उपलब्ध रहेको छ ।
यी दुबै एसयूभीको लम्बाई ४ हजार ८९२ एमएम, चौडाई १ हजार ८६० एमएम र उचाई १ हजार ८३७ एमएम रहेको छ । यसमा २ हजार ८५० एमएमको ह्वीलवेश दिइएको छ । २.२ लिटर फोर–सिलिन्डर टर्बाे डिजेल इन्जिनले ३२०० आरपीएममा १६० बीएचपी पावरकासाथै १७५० देखि २५०० आरपीएममा ३८५ एनएम–टर्क उत्पादन गर्छ ।
३.२ लिटर फोर–सिलिन्डर टर्बाे डिजेल इन्जिनले ३ हजार आरपीएममा २०० एचपी पावरकासाथै १७५० आरपीएममा ४७० एनएम–टर्क उत्पादन गर्छ । यसमा सिक्स–स्पीड अटोमेटिक ट्रान्समिसन दिइएको छ ।
इन्डोभरको फेसलिफ्टमा नयाँ ट्रिपल स्लट ग्रिल दिइएको छ । साथै, स्ट्यान्डर्ड किलेस इन्ट्री एन्ड गो, पुडल ल्याम्पकासाथै स्मार्ट बूट ओपनिङ्ग सिस्टमलगायतका विविध विशेषता दिइएको छ ।


