काठमाडौं । रोयल इनफिल्डका मोटरसाइकल फाइनान्समा किन्न अझै सहज भएको छ ।
रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ४० प्रतिशत डाउन पेमेन्टमै मोटरसाइकल किन्न सकिने स्कीम ल्याएको हो ।
कम्पनीले ल्याएको फाइनान्स स्कीममा ४०/५०/६० प्रतिशत डाउन पेमेन्ट गरेर रोयल इनफिल्डका मोटरसाइकल किन्न सकिन्छ । यसरी किन्दा क्रमशः १२.९९ प्रतिशत, ११.९९ प्रतिशत र ९.९९ प्रतिशत ब्याजदरमै कर्जा पाइन्छ ।
कम्पनीले फाइनान्स सुविधामा मोटरसाइकल खरिद गर्न चाहनेलाई २ वर्षको ईएमआई उपलब्ध गराएको छ ।
यो फाइनान्स सुविधामा रोयल इन्फिल्डका सबै मोडलमा लागू हुने कम्पनीले जनाएको छ ।ग्राहकलाई कर्जा भने हुलास फिन सर्भले उपलब्ध गराउने छ ।
कम्पनीले हालै नेपाली बजारमा सार्वजनिक गरेको रोयल इनफिल्ड क्लासिक ३५० को मद्रास रेड भेरियन्ट समेत ग्राहकले ४० प्रतिशत डाउन पेमेन्टमै किन्न सक्नेछन् । जस अनुसार ग्राहकले २ लाख २२ हजार रुपैयाँ मात्रै बुझाए पुग्छ ।
क्लासिक ३५० मद्रास रेडको मूल्य ५ लाख ५५ हजार रुपैयाँ रहेको छ । ४० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रहेको रकम २४ महिनाको किस्तामा १२.९९ प्रतिशत ब्याजमा तिर्न सकिन्छ । यसरी किन्दा ग्राहकले १ वर्षको इन्स्योरेन्स बापतको ११ हजार ३९७ रुपैयाँ र पहिलो किस्ता १५ हजार ८२९ रुपैयाँसहित जम्मा २ लाख ४९ हजार २२६ रुपैयाँ तिरेर मोटरसाइक घर लैजान सक्नेछन् ।
यस्तो छ मोटरसाइकल
क्लासिक ३५० मोटरसाइकलमा ३४९ सीसी, सिंगल सिलिण्डर, फोर स्ट्रोक, एफआई इन्जिन रहेको छ । यसले २०.२ हर्सपावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
नयाँ सबै भेरियन्टमा ड्युल डिस्क ब्रेक र एबीएस उपलब्ध रहेको छ । हेरिटिज सिरिज मद्रास रेड सांस्कृतिक स्वरूपबाट प्रेरित छ । मेटालिक फ्लेक फिनिस र गोल्डेन पिनस्ट्रिपिङले यसलाई भिन्टेज स्वरूप प्रदान गरेको छ ।

