कम मूल्यमा पावरफुल मोटर भएका ५ एसयूभी, तपाईको छनोट कुन ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेको विद्युतीय गाडीहरु नेपाल सरकारले लगाएको करको कारण सानो मोटरमा ल्याउने गरिएको छ । सानो मोटरमा ल्याउँदा कर कम पर्ने र मूल्य पनि निकै प्रतिस्पर्धी हुने भएका कारण पावर घटाउने दौड नै चलिरहेको देखिन्छ ।

करिब २ हजार किलोग्राम तौल भएका इलेक्ट्रीक एसयूभीमा समेत १०० किलोवाट वा सोभन्दा साना मोटर दिएका कारण उकालोमा नतानेको साथै पाँच जना चढ्दा पफर्मेन्समा कमी आएको ईभी प्रयोगकर्ताको गुनासो सुन्ने गरेको पाइन्छ । त्यसैले कम्पनीले रिसर्च एण्ड डेभलपमेन्ट गरेकै मोटर पावरमा आएका गाडीको बारेमा यहाँ उल्लेख गर्दैछौं ।

चीनबाट निर्यात गर्ने केही उत्पादकले अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेका मोटरकै पिक पावरमा नेपालमा पनि विद्युतीय गाडी पठाएका छन् । ठूलो मोटर भएको कारण कर बढी तिर्नु पर्ने भएको कारण मूल्य धेरै हुनु स्वभाविक भए पनि कम्पनीहरुले निकै प्रतिस्पर्धी मूल्यमा ल्याउन सकिन्छ ।

मिडसाइज सेग्मेन्ट उपलब्ध ठूला मोटर र कम मूल्यका ईभीहरु धेरै भएपनि हामीले यहाँ मुख्य र टप ५ चल्तीका मोडल हुन सक्ने कारको बारेमा यहाँ चर्चा गरेका छौं ।

५. लिपमोटर बी-१०

बजारमा बिक्री सुरु भइनसकेको लीपमोटर बी-१० एसयूभी ५० लाखभन्दा कम मूल्यमा नै किन्न पाइने एसयूभी हो । यसमा १६० किलोवाटको पावरफुल मोटर दिइएको छ । त्यसमा पनि रियर ह्वील ड्राइभ मोटर भएको कारण यसलाई सेग्मेन्टकै सबैभन्दा बलियो एसयूभी हुनसक्छ । यसको पीकटर्क २४० न्यूटन मिटर छ ।

४. जेको जे फाइभ

नाइमा मोविलिटी एक्स्पोमा लन्च भएको जेको जे फाइभ एसयूभीमा १५५ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर । त्यो भनेको २०७ हर्सपावर हो । उक्त मोटरले २८८ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यसको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

३. प्रोटोन इमास सेभेन र जिली इएक्स फाइभ

जुन नामले लिएपनि दुबै गाडी एउटै हो । एउटा प्रोटोन ब्राण्ड नेमबाट र अर्को जिली ब्राण्ड नेमबाट आएको छ । दुबैमा एउटै १६० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर रहेको छ । दुबै ईभीमा १२ इन वान एड्भान्स इलेक्ट्रीक ड्राइभ सिस्टम रहेको छ । यसमा दिएको मोटरले २१५ हर्सपावर र ३२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । मूल्य ५५ लाखबाटै सुरु हुन्छ ।

२. जेको जे सिक्स

एसपीजी अटोमोवाइलले विगत एक वर्षदेखि बिक्री गर्दै आएको जेको जे सिक्समा १३५ किलोवाटको रियर ह्वील ड्राइभ मोटर दिइएको छ । यसमा रहेको मोटरले १८० हर्सपावर र २२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । लाइफ स्टाइल एसयूभी सेग्मेन्टको उपलब्ध जे सिक्सको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसमा अहिले ५ लाखसम्मको छुट पाउन सकिन्छ ।

१. लीपमोटर सी-१०

ठूलो मोटर, आकर्षक मूल्यमा किन्न पाइने लीपमोटरको सी-१० एसयूभी ठूलो साइजको एसयूभी हो । सबैकुरामा ठूलो भएपनि मूल्यका हिसावले यो उत्कृष्ट मूल्यमा किन्न पाइन्छ । अहिले यसलाई ६४ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ ।

लीपमोटर सी-१० मा १६० किलोवाटको रियर ह्वील ड्राइभ मोटर छ । उक्त मोटरले २१५ हर्सपावर र २४० न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।


Back_to_top