काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले सबै मिलेर नेपाललाई विश्वकै अगाडि झन् उज्यालो र गौरवशाली बनाउनुपर्ने बताएका छन् ।
अध्यक्ष चौधरीले सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै नेपाललाई नयाँ उचाइमा पुर्याउने अवसर रहेको बताएका हुन् ।
उनले यो देशले हामीलाई सबैथोक दिएकाले अब देशलाई योगदान गर्ने पालो हामीहरु सबैको रहेको बताएका छन् ।
‘यो देशले हामीलाई सबैथोक दिएको छ। अब हाम्रो पालो हो। हामी सबै मिलेर नेपाललाई केवल महान् मात्र होइन, विश्वकै अगाडि झन् उज्यालो र गौरवशाली बनाउनेछौँ। यही मेरो आत्माको गहिरो प्रतिज्ञा हो, यही मेरो अमर वाचा हो,’ उनले लेखेका छन् ।
उनले आफ्नो ज्यानमा रगतको थोपा रहुन्जेलसम्म राष्ट्रको सेवामा समर्पित हुने प्रण समेत गरेका छन् । ‘म यो भूमिको माटोसँग शपथ लिन्छु, मेरो हृदयको हरेक धड्कन, मेरो रगतको हरेक थोपा, यस राष्ट्रको सेवामा समर्पित हुनेछ। म पुनः निर्माण गर्नेछु, बलियो बनाउनेछु, र नेपाललाई अघि बढाउने छु,’ उनले भनेका छन् ।

