काठमाडौं । नेपाली बजारमा बजाज पल्सर २२० एफको नयाँ भेरियन्ट चाँडै औपचारिक रूपमा बिक्री सुरू हुँदै छ ।
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले हाल उक्त मोटरसाइकलको बुकिङ लिइरहेको छ ।
भारतीय बजारमा १ महिना अघि मात्रै बिक्री सुरू भएको उक्त मोटरसाइकल नेपालमा पनि सन् २०२६ को पहिलो त्रैमास भित्रै आउने बताइएको छ ।
बजाजले यस मोटरसाइकलमा पहिलो पटक आधादर्जन बढी नयाँ फिचर थपेर बजारमा ल्याएको हो । यहाँ हामीले अपडेटेड पल्सर २२० एफमा राखिएका ग्राहकलाई लोभ्याउने नयाँ फिचरको बारेमा चर्चा गरेका छौं ।
एलईडी हेडलाइट
पल्सर २२० एफमा कम्पनीले पहिलो पटक एलईडी हेडलाइट दिइएको हो । यसमा साइड इण्डिकेटर्स पनि स्ट्याण्डर्ड नयाँ एलईडी छ । यो एलईडी लाइटले रातिको अँध्यारोमा राम्रो भिजिबलिटी प्रदान गर्छ ।

डबल च्यानल एबीएस
कम्पनीले नयाँ २२० एफमा राइडरको सुरक्षालाई ख्याल गर्दै पहिलो पटक डबल च्यानल एबीएस सिस्टम दिएको छ । यस अघि मोटरसाइकलमा सिंगल च्यानल एबीएस मात्रै थियो । यसमा दिइएको डबल च्यानल एबीएसले अगाडि र पछाडिकै ब्रेकिङ सिस्टमलाई अझै धेरै मजबुत बनाएको छ ।
नयाँ ग्रफिक्स र कलर अप्सन
यो मोटरसाइकलमा नयाँ ग्राफिक्स डिजाइनका साथै नयाँ कलर अप्सन पनि थपिएको छ । नयाँ कलर र ग्राफिक्सले मोटरसाइकलको ओभरअल लुक्स निकै स्टाइलिस डिजाइनको देखिन्छ ।

ब्लूटुथ कनेक्टिभिटी र डिजिटल कन्सोल
बजाजले नयाँ २२० एफलाई पूरा डिजिटल कन्सोलमा अपडेट गरेको छ । यसमा ब्लूटुथ कनेक्टिभिटी सिस्टम, स्प्लीट डिजिटल एनालग मिटर, राइड कनेक्ट एप, टर्न बाई टर्न नेभिगेसन, कल एसेप्ट र रिजेक्ट, मिस कल, एसएमएस अलर्ट, समय र डीटीई रिडआउट र ट्रिप कम्प्युटर जस्ता डिजिटल सुविधा पाइन्छन् ।
इन्जिन
२२० एफमा इन्जिन सेटअप पनि नयाँ पाउन सकिन्छ । कम्पनीले यसलाई सिंगल सिलिण्डर, आयल कुल्ड, डीटीएस-आई, ट्वीन स्पार्क, फ्युल इन्जेक्टेड, बीएस ६ ओबीडी फेजटु कम्प्लाइन्टको इन्जिनमा अपडेट गरेको छ । यसले अधिकतम २०.४ पीएस पावर तथा १८.५५ एनएम टर्क जेनेरेट गर्छ ।


