काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य समायोजन गरेको छ ।
निगमले शुक्रबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । त्यस्तै, निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १र१ रुपैयाँ घटाएको छ ।
मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५३.५० रुपैयाँ, दोस्रो वर्गका लागि १५५ रुपैयाँ र तेस्रो वर्गका लागि १५६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १३३.५० रुपैयाँ, दोस्रो वर्गमा १३५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १३६ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।
निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।


