टाटा ‘पन्च’ बारे थाहापाउनुस् ५ तथ्य, २५ लाखमै आउला नेपाल

काठमाडौं । ग्राहकले यसअघि साना ह्याचव्याक कारबाट इन्ट्री गर्ने गरेको भएपनि अहिले एसयूभीमा हुन थालेको छ । यस्तोमा कम्पनीहरुले सानो साइजमा एसयूभी जस्तै गाडी बजारमा ल्याउन थालेका छन् ।

महिन्द्राले सुरु गरेको माइक्रो एसयूभी सेग्मेन्टमा अब धेरै कम्पनीले आँखा लगाएका छन् । हुन्डाईले यही सेग्मेन्टमा नयाँ गाडी बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको छ भने टाटाले पनि पन्चलाई यही सेग्मेन्टमा ल्याउन लागेको हो ।

टाटा मोटर्सले आफ्नो पहिलो माइक्रो एसयूभीकोरुपमा यसलाई बजारमा ल्याउने छ । यसको मूल्य ५ लाख भारतीय रुपैयाँ हाराहारी पर्ने आँकलन गरिएको छ । यदि भारतमा ५ लाख भारुबाट यसको विक्री सुरु हुने हो भने नेपालमा यसको मूल्य २५ लाख हाराहारीमा सुरु हुने अनुमान गर्न सकिन्छ ।

कन्सेप्ट र प्राेडक्सन मोडलको डिजाइन

सन् २०२० को दिल्ली अटो एक्स्पोमा देखाएको कन्सेप्टसँग पन्चको स्टाइल मिल्दोजुल्दो देखिएको छ । टाटाले अहिलेसम्म एउटा मात्र इमेज बाहिर ल्याएको भएता पनि यसको डिजाइन ल्याङ्वेज टाटाको अन्य एसयूभी एचफाइभ र सफारीसँग एकरुपता देखिएको छ ।

यसमा स्प्लीट हेडल्याम्प तथा ह्युम्यानीटी लाइनको ग्रिलले ठूलो एसयूभीको झल्को दिन्छ । तर, अगाडिको बम्पर, बडी क्लाडिङ तथा ठूलो साइजको टायर भने एचबीएक्समा दिएको भन्दा केही सानो देखिएको छ । टाटाको सिग्नेचर वाइ डिजाइनको बम्पर र जोडी फगल्याम्प आकर्षक देखिएको छ । यसमा १६ इन्चको अलोय ह्वील, ड्यूलटोनको एक्टेरियर पेन्ट्स तथा फ्लोटिङ रुफ रहेको छ ।

क्यावीनमा एचबीएक्ससँग समानता

हुनत पन्चको इन्टेरियर डिजाइन अफिशियलरुपमा कम्पनीले देखाएको छैन । तर, केही स्पाई सटहरुमा पन्चको क्यावीन एचबीएक्स कन्सेप्टको जस्तै रहेको देखिएको थियो । स्पाई तस्वीरहरुका अनुसार यसमा स्क्वायर सेपको एयरकन भेन्ट तथा फ्लोडिङ ७ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । तर, कन्सेप्टमा जस्तो टचस्कृन पछाडिको कम्पास र गोल्ड हाइटाइट्स भने यसमा हुने छैन ।

यो कारमा टाटाको प्रिमियम ह्याचव्याक अल्ट्रोजमा जस्तै फ्ल्याट बटम स्टेरिङ ह्वील, क्लाइमोट कन्ट्रोल सुइच तथा डिजिटल इन्ट्रुमेन्ट क्लष्टर हुने अनुमान गरिएको छ ।

अल्ट्रोजकै प्लाटफर्ममा बनेको

टाटाको इन्प्याक २ डिजाइन कन्सेप्टमा आधारित साना गाडीहरुका लागि अल्फा आर्क प्लाटफर्म बनाएको छ । यही प्लाटफर्ममा आधारित भएर टाटाले पहिलो कारको रुपमा प्रिमियम ह्याचव्याक अल्ट्रोटको सफल लन्च गरिसकेको छ । आगामी पन्चमा पनि टाटा मोटर्सले यहि प्लाटफर्ममा निर्माण गर्ने जनाएको छ ।

यसको डायमेन्सन एचबीएक्स कन्सेप्टको जस्तै हुने अनुमान गरिएको छ । पन्चको अनुमानित लम्बाई ३८४० एमएम, चौडाई १८२२ एमएम, उचाई १६३५ एमएम तथा २४५० एमएमको ह्वीलवेस हुने अनुमान गरिएको छ । यदि यही साइजमा आउने हो भने यो कार प्रतिस्पर्धी मोडलहरु मारुती सुजुकी इग्नीस, महिन्द्रा केयूभी १०० तथा हुन्डाईको क्यासपर भन्दा ठूलो हुनेछ ।

दुई पेट्रोल इन्जिन

टाटाको पहिलो माइक्रो एसयूभी पन्च दुई इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ । तर, दुबै इन्जिन भने पेट्रोल मात्र हुनेछ । यसको लोअर भेरियन्ट १.२ लिटरको तीन सिलिण्डर नेचुरल एस्पीरेटेड इन्जिन रहने छ । उक्त इन्जिनले ८६ हर्सपावर उत्पादन गर्छ ।

त्यस्तै अपर भेरियन्टमा अल्ट्रोज आईटर्बोमा जस्तै तीन सिलिण्डर कै तर टर्बो इन्जिन रहने छ । यो कारमा टाटाले पाँच स्पीड म्यानुयल गियरबक्स तथा एएमटी अटोमेटीक अप्सन दिने सम्भावना रहेको छ । टाटाले पन्चलाई पनि नेक्सन इभी तथा टिगोर इभी जस्तै इलेक्ट्रीक ड्राइभ मोडमा समेत ल्याउने सम्भावना रहेको छ ।

अग्रेसिभ मूल्य निर्धारण हुने

केही समयपछि सार्वजनिक हुने अनुमान गरिएको टाटा पन्चको मूल्य पनि टाटाको अन्य नयाँ मोडलहरुको जस्तै एकदमै प्रतिस्पर्धी निर्धारण गर्ने अनुमान गरिएको छ । टाटाले यसलाई भारतको सबैभन्दा कम मूल्यमा पाइने एसयूभीको रुपमा स्थापीत गर्ने सम्भावना रहेको छ ।

यसको प्रतिस्पर्धा स्थापीत ब्राण्डसँग हुने भएकोले पनि मूल्य निर्धारणमा टाटा मोटर्स एकदमै सजक भएर आक्रामक मूल्य निर्धारण गर्ने अनुमान गरिएको छ ।


Back_to_top