दशैंमा गाडी किन्नेलाई ग्लोवल आईएमई बैंकको कर्जा स्कीम, व्याजदर ७.२९%

काठमाडौं । चाडपर्व नजिकिएसँगै गाडी विक्रेताले मात्र होइन, बैंकहरुले समेत स्कीम ल्याउन थालेका छन् । यही क्रममा ग्लोवल आईएमई बैंकले ‘अटो लोन फेस्टिवल एक्स्प्रेस स्कीम’ नामबाट गाडी किन्ने ग्राहकल लक्षित योजना ल्याएको छ ।

कम्पनीले ल्याएको स्कीममा विद्युतीय गाडी किन्ने ग्राहकलाई निकै राम्रो अफर दिएको छ । यस योजनामा विद्युतीय गाडी किन्ने ग्राहकले ७.२९ प्रतिशत व्याजदरमा कर्जा दिने छ । यसरी दिने कर्जा आधार व्याजदर अनुसार परिवर्तन हुनेछ ।

त्यसैगरी कम्बस्चन इन्जिन युक्त गाडी किन्ने ग्राहकले परिवर्तन हुनेगरी ८.१९ प्रतिशत व्याजदरमा कर्जा सुविधा पाउने छन् भने ५ वर्षसम्म परिवर्तन नहुनेगरी कर्जा लिदा ८.४९ प्रतिशत व्याजदर तिर्नु पर्छ ।

बैंकले दिने कर्जा व्यक्ति वा संस्था दुबैलाई लागु हुनेछ । बैंकबाट कर्जा लिन चाहने मानिसले आफ्नो आम्दानीको स्रोत, नागरिकताको फोटोकपी, फोटो लगायतका कागजपत्र तयार गरेर आफ्नो छनोट अनुसार गाडीको कोटेशन पेश गर्नु पर्ने हुन्छ ।


Back_to_top