भारतमा सर्वाधिक सफल स्वीफ्ट ल्याटीन एनक्यापमा असफल

काठमाडौं । ल्याटीन अमेरिका र क्यारेवियन क्षेत्रमा गाडीको सुरक्षा मापन गर्ने ल्याटीन एनक्यापको परिक्षणमा भारतमा उत्पादन भएको स्वीफ्ट पूर्णरुपमा असफल भएको छ । ल्याटीन एनक्यापले स्वीफ्टलाई ‘जिरो स्टार’ प्रदान गरेको हो ।

ल्याटीन एनक्यापले परिक्षण गरेको स्वीफ्टमा नेपालमा विक्री हुने जस्तै दुई एयरव्याग, एबीएस, इबीडी जस्ता फिचर उपलब्ध रहेको थियो । उक्त परिक्षणमा १५.५३ प्रतिशत मात्रै स्कोर पाएको कारण यसलाई जिरो स्टार रेटिङ दिएको हो । चाइल्ड सुरक्षामा पनि यो कार असफल भएको हो ।

समग्रमा स्वीफ्टमा दिएको सुरक्षा फिचरलाई ३ अंक मात्रै प्रदान गरेको छ । परिक्षणको क्रममा स्वीफ्टको साइड इम्प्याक्ट बीम कमजोर देखिएको थियो । तर, अगाडि बस्ने प्यासेन्जर र चालकको टाउको र घाँटीसम्मको सुरक्षाको लागि भने राम्रो देखिएको थियो । चालकको छातिको सुरक्षा भने कमजोर देखिएको थियो ।

ग्लोवल एनक्यापमा ‘टु स्टार’ पाएको स्वीफ्टले ल्याटीन एनक्यापमा भने जिरो रेटिङ पाएसँगै भारतमा उत्पादन भएको स्वीफ्टको सुरक्षालाई लिएर विश्वभर चर्चा भइरहेको छ ।


Back_to_top