यी हुन् उच्च सुरक्षाको लागि ६ एयरब्याग भएका सस्ता अाकर्षक कार

अहिले सवारी प्रयोगकर्ताको सबैभन्दा धेरै चासो हुने कुरा भनेको सुरक्षित यात्रा हो । यो जहाँ सुकैका सवारी प्रयोगकर्ताको हकमा लागु हुन्छ । यही कारणले सवारी उत्पादक कम्पनीहरुले आफूले उत्पादन गर्ने अन्तिम अप्सनको कारमा पनि एयरब्याग र एबीएस (एन्टिलक ब्रेकिङ सिस्टम) राख्ने गरेका छन् । यो विशेषता भएको कारमा यात्रागर्दा अलि बढी सुरक्षित रहन सकिन्छ ।

यो पनि पढ्नुस्: सफल होला, होन्डा हाइब्रिड स्कुटर, यी हुन् विशेषता

नेपाली बजारमा आउने अधिकांस कारहरु भारतमा निर्माण भएको आउने र भारत सरकारले ल्याएको नयाँ नीति अनुसार आगामी वर्षको यहि बेलादेखि उत्पादन हुने कारमा न्युनतम दुई एयरब्याग र एबीएस अनिर्वाय हुने छ  । 

याे पनि पढ्नुस् ः यी कुरामा ध्यान नदिए बीच बाटोमा बाइकले दिनसक्छ दुःख

यहाँ केही हाल नेपाली बजारमा उपलब्ध र अन्य भारतीय बजारमा उपलब्ध एयरब्याग सहितका १० लाख भारु भन्दा कम मूल्यमा पाइने कारको बारेमा चर्चा गरिएको छ । जसको नेपाली बजारमा ४० लाख भन्दा कम मूल्यमा उपलब्ध हुने कारहरुको वारेमा उल्लेख गरिएको छ । 

हुन्डाई आइ–२० एक्टिभ

हुन्डाई आइट्वान्टी एक्टिभ इलाइट आइट्वान्टीको क्रसओभर भर्सन हो । हुन्डाईले आइट्वान्टी एक्टिभमा सुरक्षा विशेषतालाई उच्च प्राथमिकता दिएको छ । यो कारमा ६ एयर ब्याग, इबीडी सहितको एबीएस, सिट बेल्ट वार्निङलगायत विशेषता छन् । हुन्डाईले पनि डुवल एयर ब्यागलाई स्ट्यान्डर्ड अप्सन मानेको छ  

हुन्डाई आइट्वान्टी एक्टिभमा १.३ लिटर काप्पा इन्जिन रहको छ जसले ८३ पीएस र १ सय १५ एनएम र्टक दिन्छ । त्यस्तै १.४ लिटर डिजेल इन्जिनले ९० पीएस र २ सय २० एनएम टर्क दिन्छ । ६ एयर ब्यागयुक्त आइट्वान्टी एक्टिभको मूल्य ८ लाख ७५ हजार भारु रहेको छ । यो कार नेपाली बजारमा पनि बिक्री वितरण भइरहेको छ ।

फोर्ड इकोस्पोर्ट


अमेरिकी कम्पनी फोर्डले आफ्ना सवारीमा सुरक्षा र आरामदायी विशेषतालाई उच्च प्राथमिकतामा राखेर उत्पादन गर्दै आएको छ । केही महिना अघि सार्वजनिक भएको फेसफिफ्ट भर्सनको इकोस्पोर्टमा ६ वटा एयरब्याग राखिएको छ । इकोस्पोर्टमा पनि इबीडीसहितको एबीएस डुअल फ्रन्ट एयरब्याग जस्ता विशेषता छन् । 

यो पनि पढ्नुस्: बढ्यो ट्राफिकले लगाउने जरिवाना

१.५ लिटर पेट्रोल इन्जिनको इकोस्पोर्टले १ सय २० एपी र डिजेल इन्जिनले ९९ एचपी दिन्छ । ६ एयरब्याग भएको भर्सनको इकोस्पोर्टको मूल्य १० लाख ४० हजार भारु रहेको छ । यो इको स्पोर्ट फेसलिफ्ट पनि नेपाली बजारमा आउने क्रममा रहेको छ । 

हुन्डाई इलाइट आइ–२०

हुन्डाईले भारतीय बजारमा हालै इलाइट आइट्वान्टीको फेसलिफ्ट ल्याएको थियो । आइट्वान्टी मोडल भारतमा सार्वजनिक भएदेखि नै यो कार सुरक्षित कारको रुपमा रहँदै आएको छ । 

इलाइट आइट्वान्टीमा ६ वटा एयरब्याग समावेश गरिएको छ । यो कारमा पनि इबीडीसहितको एबीएस, आइएसओफिक्स्ड प्वाइन्ट जस्ता विशेषता छन् । 

इलाइट आइट्वान्टी पनि १.२ लिटर पेट्रोल र १.४ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । ६ एयरब्याग भएको यो कारको मूल्य ७ लाख ९४ हजार भारु रहेको छ । यो कार नेपाली बजारमा पनि बिक्री वितरण भइरहेको छ ।

५ फोर्ड एसपायर


फोर्डको एसपायर फिगो ह्याचब्याकको सेडान भर्सन हो । एसपायरमा ६ वटा एयरब्याग रहेको छ जबको योसँग प्रतिस्पर्धी अन्य ब्रान्डका गाडीमा डुअल एयर ब्यागमात्र रहेको छ । एसपायरमा भएको इबीडीसहितको एबीएसले यो कार निक्कै सुरक्षित मध्येको एक सवारीका रुपमा रहेको छ । 

१.२ लिटर पेट्रोल इन्जिनले ८७ एचपी पावर र १ सय १२ एनएम टर्क दिन्छ । १.५ लिटर डिजेल इन्जिनले ९९ एचपी पावर र २ सय १५ एनएम टर्क दिन्छ । ६ एयरब्याग रहेको एसपायरको मूल्य ७ लाख ३४ हजार भारु रहेको छ । 

टोयोटा यारिस 

टोयोटाका सबै मोडलमा डुअल एयरब्याग उपलब्ध रहेको छ । यसरी सबै सवारीमा दुई एयरब्याग राखेर कार उत्पादन गर्ने टोयोटा पहिलो कम्पनी पनि हो । जापानी कार उत्पादन कम्पनी टोयोटाले २०१८ को मे मा सि–क्लास सेडान भारतीय बजारमा सार्वजनिक गरेको थियो । यो कारमा ७ वटा एयरब्याग रहेको छ जुन यारिससँग प्रतिस्पर्धा गर्ने अन्य कुनै कारमा छैन । 

यो कारमा ७ एयर ब्याग, एबीएस सहितको इबीडी, ब्रेक असिस्ट, आइएसओ फिक्स चाइल्ड सिट जस्ता विशेषता सबै भेरियन्टमा उपलब्ध छ । १.५ लिटर पेट्रोल इन्जिन भएको यारिसले १ सय ०८ पीएस पावर र १ सय ४० एनएम टर्क उत्पादन गर्छ । यारिसको सुरुवाती मूल्य ८ लाख ७५ हजार भारु रहेको छ । यो कार नेपाली बजारमा आउने क्रममा रहेको छ ।  

फिगो फ्रिस्टाइल


फोर्डको फ्रिस्टाइल फिगो ह्याचब्याकको क्रसओभर मोडल हो । फ्रिस्टाइलमा एसपायरमा जस्तै विशेषता समावेश गरिएको छ । फोर्डले फ्रिस्टाइलमा नयाँ एक्टिभ रोलओभर प्रिभेन्सन (एआरपी) समावेश गरेको छ । फ्रिस्टाइलमा इबीडीसहितको एबीएसट्राक्सन कन्ट्रोल सिस्टम, इलेक्ट्रोनिक स्ट्याविलिटी प्रोग्राम जस्ता विशेषता छन् । 

१.० लिटर इन्जिनले ९६ पीएस पावर र १ सय २० एनएम टर्क दिन्छ भने, १.५ लिटर डिजेल इन्जिनले ९९ एचपी र २ सय १५ एनएम टर्क दिन्छ । ६ एयरब्याग युक्त फ्रिस्टाइलको मूल्य ६ लाख ९४ हजार भारु रहेको छ । यो क्रसओभर कार भर्रखरै नेपाली बजारमा आएको छ । 


Back_to_top