यी हुन् १० ठूला कम्पनीका लग्जरी इलेक्ट्रीक एसयूभी

काठमाडौं । पछिल्लो समय स्पोर्टस युटिलिटी भेइकल (एसयूभी) अधिकांश सवारी प्रयोगकर्ताहरूको रोजाइमा पर्ने गरेको छ । डिजेल÷पेट्रोलबाट चल्ने सवारीका कारण वातावरण प्रदूषण अत्याधिक भएको निष्कर्ष निकालिएको छ ।

योसँगै विश्वका सबैजसो सवारी उत्पादक कम्पनीहरूले आफूलाई विद्युतीकृत गर्दैछन् । कम्पनीहरूले विद्युतीय सवारी उत्पादनमा अर्बौं डलर लगानी गरिरहेका छन् । विद्युतीय सवारी पहिलो पुस्तामा साना सवारीकै बाहुल्यता रहेको छ । अब आउने नयाँ पुस्ताको विद्युतीयकार पुराना ग्यासोलिन इञ्जिनयुक्त सवारीसरह शक्तिशाली ब्याट्री प्रयोग हुने बताइएको छ ।

उपभोक्ताको चाहनाअनुरुप त्यस्ता कम्पनीहरूले विद्युतीय एसयूभी उत्पादन गर्ने योजना बनाइरहेका छन् । कुन कम्पनीलले कहिलेसम्म बजारमा ल्याउनेछन् विद्युतीय एसयूभी ।

यस्ता छन्, कम्पनीका योजना र विद्युतीय एसयूभीका मोडलहरूस्

जगुअर आई–पेस

जगुअर कम्पनीले सन् २०१८ को दोस्रो अर्धवार्षिकमा सार्वजनिक गर्ने जनाएको छ । यो कार टेस्लाको मेलड एक्ससँग प्रतिस्पर्धी हुने गरी डिजाइन गरिएको छ । आई(पेसमा ४ सय हर्सपावरको इञ्जिन रहनेछ । ५ सय १६ पाउन्ड–फिटको टर्क रहेको यो कारले चार सेकेन्डमै ०(६० माइलेज प्रतिघण्टाको दूरी तय गर्ने छ ।

टेस्लाको मोडल वाइ

पछिल्लो समय विद्युतीय सवारीको क्षेत्रमा सर्वाधिक चर्चामा रहेको कम्पनीहो टेस्ला । टेस्लाले विभिन्न मोडलका विद्युतीय सवारीहरू सार्वजनिक गरिसकेको छ । कम्पनीले ल्याउने भनेको मोडल वाइको चर्चा भए पनि त्यसको विवरण भने सार्वजनिक भइसकेको छैन । टेस्लाले यो मोडल २०२० को अन्त्यसम्ममा बजामा ल्याउने योजना बनाएको छ ।

अडी ई–ट्रोन क्वाट्रो

अडीले आफ्नो इलेक्ट्रीक एसयूभी इ–ट्रोन क्वाट्रो २०१९ मा अमेरिकामा सार्वजनिक गर्ने जनाएको छ । तर, त्यसभन्दा पहिले कम्पनीले यो कार यूरोपमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । यो कारले फुलचार्जमा ३ सय माइलभन्दा धेरै गति तय गर्ने दाबी अडीको छ ।

फक्सवागन आईडी क्रोज

फक्सवागनले २०२० सम्ममा आईडी क्रोज कम्सेप्टमा आधारित रहेर इलेक्ट्रीक एसयूभी सार्वजनिक गर्ने जनाएको छ । आईडी क्रोज ३ सय २ हर्स पावरको हुने र एक चार्ज गर्दा ३ सय माइलसम्म कुद्ने अनुमान गरिएको छ । यो सेल्फ ड्राइभिङसम्म हुनसक्ने अनुमान गरिएको छ ।

मर्सिडिज–बेन्ज इक्यूसी

मर्सिडिज बेन्जले इक्यू विद्युतीय कार ब्रान्डअन्तर्गत २०१९ मा इक्यूसी एसयूभी सार्वजनिक गर्ने भएको छ । कम्पनीकाअनुसार इक्यूसीमा दुईवटा विद्युतीय मोटर हुनेछन्, जसले ३ सय केडब्लू पावर उत्पादन गर्नेछ । त्यस्तै, यो कारले ०–६० को माइल प्रतिघण्टा ५ सेकेन्डभन्दा कम समयमा तय गर्नेछ ।

बीएमडब्लू एक्सथ्री

बीएमडब्लूले एक्सथ्री भर्सनमा पूर्ण विद्युतीय कार २०२० देखि उत्पादन थाल्ने भएको छ । कम्पनीले २०१८ मा सार्वजनिक गरेको ग्यास–पावर्ड एक्सथ्री अपग्रेड गरेको थियो । तर, कम्पनीले सोही मोडलमा ल्याउने विद्युतीय सवारीको विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन ।

फराडे फ्यूचर

२०१८ को अन्त्यसम्ममा फराडे फ्यूचरले एफएफ–९१ एसयूभी बजारमा ल्याउने जनाएको छ । यो अमेरिकी कम्पनी २०१४ मा स्थापना भएको हो, जसले इन्टेलिजेन्स इलेक्ट्री भेइकल बनाउनमा केन्द्रित हुने जनाएको छ । एफएफ–९१, १ हजार ५० हर्सपावरयुक्त हुनेछ भने ०–६० माइल परआवरको गति २।३९ सेकेन्डमै तय गर्नेछ ।

बाइटन एसयूभी

चिनियाँ विद्युतीय कार उत्पादन नयाँ कम्पनी वाइटनले २०१९ सम्ममा विद्युतीय एसयूभी बजारमा ल्याउने योजना बनाएको छ । कम्पनीले स्वचालितरुपमा चल्नसक्ने कार उत्पादन गरिरहेको जनाइएको छ ।

हुन्डाई कोना

दक्षिण कोरियाली कार उत्पादक कम्पनी हुन्डाईले विद्युतीय एसयूभी कोना उत्पादन सुरु गरिसकेको छ । अबको केही दिनमा नै नेपाल आउने तयारीमा रहेको कोना कोना २ सय ५० माइलको रेन्जमा उपलब्ध हुनेछ ।


Back_to_top