निसानको गाडी किन्दा ८ लाख नगदै छुट, १२ लाखसम्मको फाइदा

काठमाडौं। निसान मोटर्सको नेपालका लागि आधिकारीक वितरक पायोनीयर पायोनियर मोटो कर्पले नयाँ वर्ष अफर योजना सार्वजनिक गरेको छ । नेपाली नयाँ वर्ष २०८० काे उपलक्षमा ल्याएकाे यस योजना अनुसार निसानको गाडी खरिद गर्ने ग्राहकहरुले ११ लाख ७४ हजार रुपैयाँसम्मको फाइदा लिन सक्ने भएका छन्।

कम्पनीले सोमबार सार्वजनिक नयाँ वर्ष २०८० को अफर योजनामा नगद छुट मात्र ८ लाख रुपैयाँ प्रदान गरिने जनाएको छ। कम्पनीले नयाँ वर्षको अफर भनेर अर्को नयाँ वर्ष बोनस भनेर २ लाख रुपैयाँको पनि छुट दिने जनाएको छ।

साथै, एक्सचेन्जमा पनि अफरहरु रहेको कम्पनीले जनाएको छ। कम्पनीले निसान गाडी खरिद गर्ने ग्राहकहरुलाई ३ वर्षसम्म सर्भिस र वारेन्टी दिएको छ।

यसैगरी, कम्पनीले एक वर्षको रोड कर निशुल्क प्रदान गर्ने जनाएको छ। साथै, बीमा पनि निशुल्क गरिदिने अफर योजनामा उल्लेख गरेको छ।

यस्तै, कम्पनीले सजिलो बैंकिङ र फाइनान्सिङको पनि सुविधा उपलब्ध गराउने जनाएको छ। यी सबै गरेर ग्राहकहरुले कुल ११ लाख ७४ हजार रुपैयाँसम्मको फाइदा लिन सक्नेछन्।


Back_to_top