चर्चामा रहेका ९ कार टेक्नोलोजी जुन २०२१ भर चर्चामा रहे

काठमाडौं । विश्व अर्थतन्त्रमा देखिएको मन्दी, कोभिड १९ का विभिन्न भेरियन्ट, कोभिड विरुद्धको भ्याक्सीन, होम अप्लाइन्सेसको उच्च विक्री, इन्धनको मूल्य वृद्धि, सवारी साधनको मूल्य वृद्धि, सेमी कन्डक्टरको माग उच्च जस्ता विषय विश्वभर नै चर्चा भएका विषय हुन् ।

विश्वभर गाडी निर्माताले आफ्नो कामदार कटौतीदेखि उत्पादन घटाउनु परेको वर्ष सन् २०२१ मा धेरै कुरा नयाँ खोज हुन सकेन भन्दा फरक पर्दैन । अधिकांश ठूला कार उत्पादक कम्पनीहरु विद्युतीय गाडी उत्पादनको लक्ष्य निर्धारणमा व्यस्थ रहे ।
यी सबै परिघटनाले अटो क्षेत्र सुस्थ देखियो । यद्यपी टेक्नोलोजी विकासमा भने कम्पनीहरुले निरन्तर काम गरिरहे । सन् २०२१ मा विश्वभर चर्चामा रहेका टेक्नोलोजी यस प्रकार छन् ।

१. भिडियो रियर भ्यू मिररः

कारमा भिडियो रियर भ्यू मिररको प्रयोग सुरु भएको छ । चालकले आफ्नो पछाडि कुन र कस्तो अवस्थामा गाडी आईरहेको छ भन्ने थाहापाउन रियर भ्यू मिररमा भिडियो प्ले गर्ने यो टेक्नोलोजी धेरै चालकले मन पराउन थालेका छन् ।

२. भेहिकल चोरी पत्ता लागउने सफ्टवेयरः विश्वभर सन् २०२० मा ७ लाख २० हजार कार चोरी भएसँगै कम्पनीहरुले चोर पत्ता लगाउने सफ्टवयर निर्माण गरेका छन् । यो सफ्टवेयरको प्रयोग २०२१ भर चर्चामा रहेको छ । ‘इनोभेटीभ व्यूल्ट टेक्नोलोजी’मा आधारित यो सफ्टवयरको प्रयोग कार उत्पादकहरुले सेक्यूरिटी फिचरको रुपमा प्रयोग गरेका छन् । किया यूभिओ, हुन्डाई व्लू लिंक, सुबरु स्टारलिंक, एमजी अनस्टार जस्ता नाम दिएर यसको प्रयोग भइरहेको छ ।

३.ब्लाइन्ड स्पर्ट भ्यू मोनिटरः

गाडी चलाउँदा टर्निङको एउटा हिस्सामा चालकले देख्न नसक्ने अवस्था आउँछ । त्यतिबेला अर्को साइडबाट आउने गाडी वा अन्य बस्तु प्रस्टरुपमा चालकले देख्न सक्दैन । सोही कारण दुर्घटना हुने गर्छ । त्यसलाई रोक्न कम्पनीहरुले ब्लाइन्ड स्पर्ट भ्यू मोनिटर प्रयोग गर्छन् । यसको प्रयोग सन् २०२१ मा बढ्दै गएको छ ।

४. ३६० डिग्री क्यामेराः गाडीलाई हरेक कोणबाट देख्न सकियोस् भनेर ३६० डिग्री क्यामेराको प्रयोग गरिन्छ । सामान्यतया कम मूल्यका गाडीमा पनि यो फिचर उपलब्ध हुन थालेको छ ।

५. वायरलेस फोन चार्जरः

वायरलेस फोन चार्जरलाई अहिले पनि लग्जरी फिचरको रुपमा लिने गरिन्छ । तर, यसको प्रयोग व्यापक बन्दै गएको छ । कम्पनीहरुले ५० लाख माथि मूल्य रहेका कारमा यो फिचर उपलब्ध गराउन थालेका छन् । सन् २०२१ मा बनेका धेरै कारमा वायरलेस चार्जर सुविधा प्रदान गरिएको छ ।

६. टिन ड्राइभ टेक्नोलोजीः सन् २०२१ मा चर्चामा रहेको टेक्नोलोजी फिचर मध्येको एक टिन ड्राइभ टेक्नोलोजी हो । नयाँ युवा चालकको लागि सहयोगी हुने यसको प्रयोग जनरल मोटर्सले गरेको हो । यसले विभिन्न जानकारी दिनुको साथै, गाडी चलाउँदा चालकलाई सचेत पनि गराउँछ ।

७. कनेक्टेड मोवाइल एप/डिजिटल कीः मानिसको जीवनको अभिन्न अंग बनेको मोवाइल फोन र गाडीको मोवाइल एप जोड्न कम्पनीहरुले धेरै मिहिनेत गरेका थिए । सन् २०२१ मा यसको प्रयोग व्यापक भएको छ । मोवाइल फोनबाटै गाडीमा कति इन्धन छ, ढोका लक छ वा छैन, टायरको प्रेसर कति छ जस्ता कुरा थाहापाउन सकिन्छ ।

८. अटोमेटीक इमेर्जेन्सी ब्रेकिङः गाडी, यात्रु र चालकको सुरक्षाको लागि कम्पनीहरुले नयाँ नयाँ सुरक्षा फिचर बनाइरहेका छन् । यस्तोमा नयाँ अटोमेटीक इमेर्जेन्सी ब्रेकिङ (एइबी) तयार गरेका छन् । यसले दुर्घटना न्यूनिकरणको लागि महत्वपूर्ण भूमिका निर्वाह हुने दाबी गरिएको छ ।

९. एड्भान्स ड्राइभ एसिस्ट सिस्टमः

सन् २०२१ मा आएका अधिकांश प्रिमियम फिचर भएका कारमा एड्भान्स ड्राइभ एसिस्ट सिस्टमको प्रयोग गर्दै आएका छन् । फोर्डको को पाइलट३६०, सुबरुको आईसाइट, टोयोटा सेफ्टी सेन्स जस्ता फिचर कम्पनीले प्रयोग गर्दै आएका छन् ।

यसमा एडप्टीभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन किप एसिस्ट, रिभर्स ब्रेक एसिस्ट जस्ता फिचर प्रयोग भएको हुन्छ ।


Back_to_top