हुन्डाईको तयारी नयाँ सान्ता फे, यस्ता छन् विशेषता

कोरियाली अटो निर्माता कम्पनी हुन्डाईले २०१९ मा आफ्नो प्रिमियम एसयूभी सान्ता फे स्पोर्टलाई रिप्लेस गर्दै लक्जरियस, शानदार तथा सुरक्षित पाँच सिटर ‘हुन्डाई सान्ता फे’ सार्वजनिक गर्ने भएको छ । 

यतिमात्र होइन कम्पनीले कम्प्याक्ट र मिड साइजको बजारमा नियन्त्रण कायम गर्न सान्ता फे एक्सएललाई २०२० सम्ममा क्रश ओभरमा परिवर्तन गर्ने तयारी गरेको छ । 

प्रतिस्पर्धात्मक बजारमा  ग्राहकको मन जित्नु निक्कै चुनौतीको विषय भएको बताउँदै कम्पनीले आफ्नो चर्चित मोडल सान्ता फेलाई विभिन्न थप विशेषतासहित सार्वजनिक गर्ने भएको जनाएको छ । 

नयाँ लुक्स

सान्ता फेमा कोना क्रशओभरको डिजाइनबाट प्रभाबित भएर निर्माण गरिएको छ । यसमा कम्पनीले निकै मस्कुलर ह्वील आर्कको  प्रयोग गरिएको छ । यसमा ‘थ्रीडी हनी क्रब क्यासिङ ग्रिल’ नामको नयाँ ग्रिल डिजाइन दिइएको छ । छतमा मेटल क्रोम बार लगाइएको छ भने, एयर डायनामिक इम्प्रुभमेन्ट गरिएको छ । यसमा १०८.९ इन्चको ह्वीलवेस दिइएको छ । बडी निर्माणमा निकै गुणस्तरिय स्टिलको प्रयोग गरिएको कारण पहिलेको तुलनामा १५ प्रतिशत बढी सुरक्षित रहेको छ । 

इन्टेरियर


सान्ताफेको आकर्षक क्याविन तथा बनावटले ग्राहकलाई आकर्षण गर्ने कम्पनीको दाबी छ । यसको क्याबिनमा सहजै हावा पास हुन सक्छ भने जुनसुकै कोणबाट बाहिरको  दृश्य देख्न सकिन्छ । 

जार्जर रियर साइड झ्याल र प्यानोरीक सनरुफले कारको पछाडि बस्ने प्यासेन्जरलाई बाहिरको दृश्य अवलोकन सहज बनाउँछ  । क्याबिनको डिजाइन लाइट रहेको छ । प्लास्टिक सर्फेसलाई प्रिमियम लुक दिइएको छ । यसमा एप्पल  कार प्ले र एन्ड्रोइड अटोको विशेषता थपिएको छ । साथै, हेडअप डिस्प्ले, क्लाइमेट कन्ट्रोल, ‘फाइन्ड माई कार’लगायतका विभिन्न विशेषता उपलब्ध छ ।  

नयाँ सेफ्टी विशेषता 

सुरक्षालाई मध्यनजर गर्दै सान्ता फेमा विभिन्न सेफ्टी फिचर दिइएको छ । कम्पनीले अटो इन्डष्ट्रीमानै पहिलो पटक ‘सेफ्टी एक्जीट एसीस’ नामक सुरक्षा पद्धति ल्याएको छ । 

इन्जिन

यसमा दुई इन्जिन अप्शन दिइएको छ । यसमा उपलब्ध २.४ लिटर इन्जिनले १८५ बिएचपी पावरका साथै १७८ एनएम टर्क उत्पादन गर्छ । त्यस्तै २.० लिटर टर्बाेचाज्र्ड इन्जिनले १४५० आरपिएममा २३५ बीएचपी पावरका साथै ३५ सय आरपिएममा २६० एनएमटर्क उत्पादन गर्छ । साथै यसमा ब्रान्ड न्यु ८ स्पिड अटोमेटिक ट्रान्समिसन दिइएको छ । 

स्टेयरिङगलाई अपग्रेड गरिएको छ भने चेसिसलाई परिमार्जन गरिएको छ । यसमा ईको, कम्फर्ट र स्पोट गरि तीन ड्राइभिङ मोड दिइएको छ ।  

अन्त्यमा

कार समिक्षकका अनुसार सान्ता फेको नयाँ भर्सनमा फल्ट भेट्टाउन निक्कै मुस्किल रहेको छ । यो सेग्मेन्टमा अन्य प्रतिस्पर्धीको तुलनामा सान्ता फेमा धेरै विशेषता दिइएको छ । नयाँ डिजाइन तथा स्टाइलमा निर्माण भएको कारले राम्रो बजार पकड्ने उनीहरुको विश्वास छ  ।


Back_to_top