मोटरसाइकल उत्पादन कम्पनीहरुले नयाँ मोडलका मोटरसाइकल उत्पादन गर्ने होडनै चलाई रहेका छन् । यहि होडमा मोटरसाइकलहरुको डिजाइनमा समेत परिवर्तन आइरहेको छ ।
२०१९ मा भारतीय बजारमा केही नयाँ मोडलका मोटरसाइकल सार्वजनिक हुँदैछ । त्यस्ता मोटरसाइकल मध्ये यहाँ एडभेन्चर सेगमेन्टका मोटरसाइकल बारे चर्चा गरिएको छ ।
केटीएम ३९० एडभेन्चर

केटीएमले भारतीय बजारमा ३९० एडभेन्चर सार्वजनिक गर्ने तयारी गरेको छ । २०१९ को मध्यतिर उक्त मोटरसाइकल सार्वजनिक हुने जनाइएको छ । ३७३.२ सीसी इन्जिन युक्त यो मोटरसाइकलले ४३ बीएचपी पावर र ३७ एनएम टर्क प्रदान गर्छ ।
हिरो एक्सपल्स

भारतीय मोटरसाइकल उत्पादन कम्पनी हिरोले २०१९ को सुरुवातमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ । हिरोले सार्वजनिक गर्ने एक्सपल्स एडभेन्चर मोटरसाइकल हो । यो मोटरसाइकलमा २ सय सीसीको इन्जिन हुने छ ।
युएम ४००

अमेरिकी मोटरसाइकल उत्पादक कम्पनी युएमले भारतीय बजारमा २०१९ मा नयाँ एडभेन्चर मोटरसाइकल सार्वजनिक गर्दै छ । युएम ४०० एडभेन्चर नाम दिइएको उक्त मोटरसाइकलमा ४ सय सीसीको इन्जिन हुने छ । यो मोटरसाइकल २०१९ को मध्यतिर सार्वजनिक हुनेछ ।
बजाज डोमिनार एडभेन्चर

भारतीय मोटरसाइकल उत्पादक कम्पनी बजाजको डोमिनार मोटरसाइकल यस अघि नै बजारमा आइसकेको छ । बजाजले डोमिनार ४०० स्पोर्टसलाई केही परिमार्जन गरि एडभेन्चर सेगमेन्टमा २०१९ भित्रमै सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।
यी सबै मोटरसाइकल उत्पादकले नेपाली बजारमा समेत आफ्नो आधिकारीक वितरकमार्फत बाइकको बिक्री वितरण गर्दै आएकाले नेपाली बजारमा समेत यी एड्भेन्चर बाइक आउने छन् ।

