डिलरमा पुग्यो बजाज पल्सर १५० लिमिटेड भर्सन

बजाजको नयाँ पल्सर १५० लिमिटेड भर्सन डिलरमा आइपुगेको छ । कम्पनीले रेगुलर पल्सर १५०मा कस्मेटीक परिर्वतन गरेर ल्याएको छ । पल्सरको लोगो तथा केहि अन्य भागलाई रातो कलर प्रयोग गरेर ल्याएको छ । 

बाइकको पाइलट ल्याम्पको हाउजिङमा समेत रातो लाइन देख्न सकिन्छ । पल्सरको लोगो फियुल ट्याङकको मध्य भागमा प्रयोग गरिएको छ । उक्त लोगो समेत रातो कलरमा नै देखिएको छ । 

टेल पार्टमा पल्सर १५० को लोगो लगाइएको छ । हाल यसको कस्मेटीक अपडेट मात्र देखिएको छ भने यसको बाँकी फिचर परिवर्तन भए नभएको जानकारी कम्पनीले बाहिर ल्याएको भने छैन । 

पल्सर १५०को रेगुलर भर्सनमा १४९ सीसी एयरकूल्ड इन्जिन रहेको बाइकको पफर्मेन्स इम्प्रुभका लागि ट्वीकिङ्गहरू दिइएको छ । यसमा लगाइएको इन्जिनले १४ पीएस र १३.४ एनएम-टर्क उत्पादन गर्छ । फाइभ-स्पीड गियरबक्स जडान गरिएको पल्सर १५० यो सेग्मेन्टमा निकै पावरफुल बाइकमा पर्दै आएको छ । 


Back_to_top