आयो एबीएससहितको थन्डरवर्ड एक्स सिरिज, यस्तो छ मूल्यमा फरक

रोयल इनफिल्डले आफ्नो थन्डरवर्ड ३५० एक्सलाई एबीएस फिचरसहित बजारमा उतारेको छ । पुरानो मोडलको तुलनमा केही महंगो मूल्य राखिएको थन्डरवर्डको दिल्ली शोरुमको मूल्य १ लाख ६३ हजार भारतीय रुपैयाँ तोकिएको छ । जुन रेगुलर मोडलको तुलनामा ७ हजार रुपैयाँ बढी हो । 

थन्डरवर्ड एक्स सिरिज २०१८ को सुरुवातमा नै भारतीय बजारमा सार्वजनिक भएको हो । नेपाली बजारमा पनि कम्पनीले सेप्टेम्बरमा आयोजना भएको नाडा अटो शो २०१८ मा सार्वजनिक गरेको थियो । 

रोयल इनफिल्डले पछिल्ला दिनमा एकपछि अर्को मोडलमा एबीएस सिस्टम दिन सुरु गरेको छ । भारत सरकारले २०१९ अप्रिलबाट १२५ सीसी क्षमताभन्दा माथिका सबै मोडलमा अनिर्वाय एबीएस हुनुपर्ने नियम लगाएको छ । जसअनुसार कम्पनीले सबै मोडलमा एबीएस दिन सुरु गरेको जनाएको छ । 

यसअघिनै कम्पनीले क्लासिक ५००, हिमालय क्लासिक ३५०लगायत मोडलमा एबीएस दिइसकेको छ । अब कम्पनीले रोयल इनफिल्ड थन्डरवर्ड ३५० र ५०० मा एबीएस सिस्टम दिन बाँकी रहेको छ ।

थन्डरवर्ड एक्स सिरिज रोयल इनफिल्डको पहिलो मोटरसाईकल हो जसमा एलोय ह्वीलको साथ ट्युवलेस टायर दिइएको छ । यसमा दिइएको ३४६ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिनले १९ बीएचपी वापर र २८ एनएम टर्क उत्पादन गर्छ ।  


Back_to_top