यी बाइकको नाम जुराउनुस्, १० हजार डलर जित्नुहोस् !

अमेरिकी मोटर उत्पादक कम्पनी जनरल मोटरले नयाँ ब्रान्डिङ रणनीतिकासाथ आफ्नो इलेक्ट्रीक बाइकको उत्पादन सुरु गरेको छ । कम्पनीले अमेरिकन चारपाङ्ग्रे भेहिकलले जस्तै यस ई–बाइकले ग्राहकहरूलाई क्यास–प्राइजको समेत अफर गर्ने जनाएको हो ।

कम्पनीले अब सहरी क्षेत्रलाई मध्यनजर गर्दै ल्याउन लागेको ई–बाइकको नामाकरण गर्ने प्रतियोगिता संचालन गरेको छ । कम्पनीले ल्याउन लागेको दुई मोडलहरूमा एक फोल्डिङ्ग वाइक हो भने अर्को रिजिड–कम्प्याक्ट बाइक हो । कम्पनीले यी दुवै मोडललाई आगामी वर्ष २०१९ मा बजारमा ल्याउने तयारी गरेको छ ।

जनरल मोटरले यसअघि नै स्मार्टफोन बेस–बाइक बनाएको थियो । तर, यो बाइक अमेरिकाभित्रको लागि मात्रै थियो भने इलेक्ट्रीक भर्सनमा समेत थिएन ।

नामाकरण प्रतियोगितामा सामेल हुनेमध्ये सबैभन्दा उत्कृष्ट नाम दिनेले १० हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् भने अन्य नौजना सहभागीहरूलाई क्रमशः १–१ हजार डलर पुरस्कार दिइने बताइएको छ ।

आफ्नो रोजाइको नाम राख्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतियोगितामा भागलिन चाहनेले नोभेम्बर २ देखिनै भाग लिइरहेका छन् भने नोभेम्बर २६ सम्म भागलिन सकिने छ । कम्पनीले प्रतियोगितामा सहभागीहरूलाई संस्कृति झल्कनेखालका तथा ग्राहकहरूलाई आकर्षित गर्ने नामहरू दिन कम्पनीले आग्रह गरिएको छ ।

त्यस्तै, प्रतियोगितामा सहभागीहरूले दिएका नामहरू ट्रेडमार्क गरिएको हुनुपर्ने बताइएको छ । जेनेरल मोटरका अर्बान मोविलिटी डाइरेक्टर हन्नाह पेरिशले यो बाइकको बिक्री २०१९बाट सुरु हुने जानकारी दिएका छन् । तर, उनले यस बाइकको फिचरबारे भने केही बताएनन् । यो ई–बाइक धेरै फिचरहरूको साथमा बजारमा आउने अनुमान गरिएको छ ।

जीएमको यो ई–बाइकले ‘ट्रम्प–जीईटगेस्ट–वाई’सँग बजारमा कडा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । किनकी यसको सेभ्रोलेट यूनिटको बोल्ट इलेक्ट्रीक भेहिकलले मास–प्रोडक्सनमा टेस्ला–३ लाई समेत पछाडि पारेको थियो ।

जनरल मोटरले यसअघि नै स्मार्टफोन बेस–बाइक बनाएको थियो । तर, यो बाइक अमेरिकाभित्रको लागि मात्रै थियो भने इलेक्ट्रीक भर्सनमा समेत थिएन । पेरिशकाअनुसार यो इलेक्ट्रीक बाइक ‘स्मार्ट कनेक्टेड’ हुनेछ । यस बाइकमा

रिचार्जएवल एलईडी लाइट जडान गरिनेछ भने सुरक्षाका लागि विभिन्न सेफ्टी फिचर र टेलिमेट्रीक सिस्टम राखिएको छ ।

कम्पनीले आफ्नो शून्य–क्र्यास, शून्य–इमिसन र शून्य–कन्जेसन भिजनको एक हिस्साको रुपमा मल्टीमोडल ट्रान्सपोर्टेसनबारे सोचिरहेको जनाएको छ । कम्पनीले यी दुई इलेक्ट्रीक ई–बाइक बजारमा अत्याधिक रुचाइने विश्वास लिएको छ ।


Back_to_top