होन्डाले ५०० सीसी सेग्मेन्टमा तीनवटा मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले इटलीको मिलानमा चलिरहेको इआइसीएमए–२०१८ मोटर शोमा तीन मोडलका बाइक सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको ५०० सीसी रेन्जको मोडलहरुमा सीबी ५०० आर, सीबी ५०० एक्स र सीबी ५०० एफ रहेका छन् । यी तीनवटै सेग्मेन्टमा ४७१ सीसी प्यारलल् ट्वीन इन्जिन दिइएको छ ।
होन्डाको यी तीन सेग्मेन्टमा सबैभन्दा धेरै ध्यान केन्द्रित भएको सीबी ५०० एक्स बाइक हो । कम्पनीका अनुसार, यी तीन सेग्मेन्टमध्येमा यो बाइकमा केही धेरै परिवर्तन गरिएको छ ।
यस मोटरसाइकलमा अफ्रिकन ट्विनको स्टाइलिङ क्यू प्रयोग गरिएको छ । त्यस्तै, यसमा अल न्यू एलइडी हेडल्याम्प जडान दिइएको छ भने, एरोडाइनामीक स्लिकरमा निकै सुधार गरिएको छ ।
होन्डाको सीबी ५०० एक्समा १९ इन्चको फ्रन्ट ह्वील दिइएको छ भने, पुरानो रबरलाई नयाँ डनलप ट्रेलम्याक्स मिक्सचर टायरले रिप्लेस गरेको छ । यस बाइकलाई लामो दुरीमा जानको लागि प्रयोग गर्न सकिने किसिमले बनाइएको छ ।
होन्डाले सार्वजनिक गरेको दोस्रो बाइक सीबी ५०० एफले पनि सबैको ध्यान खिच्न सफल भएको छ । यस बाइकमा खासै परिवर्तन गरिएको छैन भने, निकै स्टाइलीस लुक्स दिइएको छ ।
बाइकमा पूर्ण एलइडी लाइटिङ सिस्टम दिइएको छ । त्यस्तै, यस बाइकमा न्यू फुल कलर एलसीडी स्क्रिन दिइएको छ । यसमा गियर सिफ्ट इन्डिकेटर, रियल टाइम, तथा फ्यूल कन्जम्सन रिडआउट सुविधा दिइएको छ ।
बाइकमा रिस्टाइल बडी प्यानल दिइएको छ भने, स्लीप एसिस्ट क्लच दिइएको छ । ६ स्पीड गिएरबक्स जडान गरिएको छ ।
यी दुई मोटरसाइकलका साथसाथै होन्डाले नयाँ सेग्मेन्ट सीबी ५०० आर पनि सार्वजनिक गरेको छ । शार्प एङ्गुलर डिजाइनमा निर्माण गरिएको यो बाइकको ह्यान्डलबारमा लोअर क्लिप राखिएको छ । दुईवटा मोटरसाइकलमा जस्तै यसमा पनि एलइडी सेटअप राखिएको छ भने, नयाँ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । यो बाइकको तौल १५२ किलोग्राम रहेको छ ।
यी सबै बाइकहरुमा दिइएको इन्जिनले ४७ बीएचपी पावर र ४३ एनएम टर्क उत्पादन गर्छ । बाइकको मूल्यकाबारे भने कम्पनीले कुनै जानकारी दिएको छैन ।


