हुन्डाई र कियाले चलाउलान् सोलारबाट कार ? यस्तो छ तयारी

संसारका चर्चित अटो निर्माता कम्पनीहरुले पछिल्लो समय इलेक्ट्रीक भेइकल निर्माणलाई तिब्रता दिएका छन् । नयाँ विशेषता र सुविधा जडान गरिएका  विद्युतीय सवारी साधनको निर्माणमा बिभिन्न कम्पनी बीच छुट्टै प्रतिस्पर्धा चलिरहेको छ । 

यसैबिच, हुन्डाई र कियाले आफ्ना उत्पादनमा सोलार पावर जडान गर्ने तयारी गरेका छन् ।  दक्षिण कोरियाका चर्चित कार निर्माता कम्पनी हुन्डाई र कियाले  आफ्नो नयाँ मोडलको कारमा सन रुफ सोलार जडान गर्ने घोषणा गरेका छन् । 

दुबै कम्पनी हुन्डाईको लगानी भएका कम्पनी हुन् । उनिहरुले संयुक्त रुपमा निर्माण गर्ने घोषणा गरेको नयाँ कार अर्काे बर्ष सार्वजनिक हुने जनाइएको छ । 

इलेक्ट्रीक भेइकल निर्माणमा एक कदम अगाडि बढिसकेका हुन्डाई र कियाले आइसीइबाट संचालित सबै इलेक्ट्रीक भेइकलको लागि तीन वटा नयाँ सोलार सेलको बिकास गरेको जनाएको छ । 

यद्यपी, भेहिकलमा जडान गरिएको सोलार रुफले प्रशस्त पावर भने उत्पादन गर्न सक्छ वा सक्दैन भन्ने चर्चा सुरु भएको छ ।   

यसअघि टोयोटाले पीएचइभी प्रियस मोडलमा सन रफ जडान गरेको थियो । तर, उक्त सोलार प्यानलले मात्रै ५० वाट पावर उत्पादन गर्न सकेको थियो । 

यसैलाई मध्यनजर गर्दै हुन्डाई र कियाले उत्पादन गर्ने भेइकलमा  नयाँ  प्रणालीमा आधारित ब्याट्री पावर लगाइने छ ।  

इलेक्ट्रीक भेइकल निर्माणमा एक कदम अगाडि बढिसकेका हुन्डाई र कियाले आइसीइबाट संचालित सबै इलेक्ट्रीक भेइकलको लागि तीन वटा नयाँ सोलार सेलको बिकास गरेको जनाएको छ ।  

फस्र्ट जेनेरेशनमा आधारित प्रणाली हाइब्रिड भेहिकलका लागि निर्माण गरिएको हो । दोस्रो जेनेरेशनमा आधारित प्रणालीले आइसीइ भेइकलको लागि सेमी ट्रान्सपरेन्ट सोलार रुफको बिकास गर्ने छ भने, ते्रसो जेनेरेशनमा आधारित प्रविधिले इलेक्ट्रीक भेइकलको लागि लाइटवेट सोलार रुफको बिकास गर्नेछ । 

‘भविष्यमा हामी अत्याधुनिक इलेक्ट्रीक सवारी साधनको उत्पादन गर्नेछौं । त्यसको एक उदारण सोलार रुफको प्रयोग हो । यसको मतलब, आगामी दिनमा हामी अटोमोबाइल क्षेत्रमा इन्धनको प्रयोग मात्रै गर्र्दैनौ । संगै, इन्धन उत्पादनको गर्ने क्षमतासमेत राख्छौ भन्ने प्रमाणित भएको छ’ हुन्डाई मोटर ग्रुपका प्राविधिक विज्ञ जियोंग गिल पार्कले भने । 

कम्पनीले नयाँ आविस्कार भनिरहेपनि कार चार्ज गर्नको लागि उक्त सोलार रुफ मात्रै पर्याप्त नहुने शंका गरिएको छ ।


Back_to_top