तीन इन्जिन अप्सनमा सार्वजनिक भयो यामाहाको म्याक्स स्कुटर

यामाहाले आफ्नो नयाँ प्रिमियम स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले EICMA २०१८मा निकै प्रतिक्षा गरिएको Yamaha XMAX आइरन MAX स्कुटर सार्वजनिक गरेको हो । 

अन्तर्राष्ट्रिय मिडियाले जनाएअनुसार यस प्रिमियम स्कुटरलाई कम्पनीले इन्जिन क्षमताका आधारमा १२५ सीसी, ३०० सीसी र ४०० सीसीगरी तीन भेरिएन्टमा सार्वजनिक गरेको छ । 

यो स्कुटर कम्पनीका अन्य स्टायडर्ड स्कुटरको तुलनामा निकै प्रेस्टीजियस रहेको कम्पनीले दाबी गरेको छ । 

आइरन एमएएक्स स्कुटर नयाँ स्वोर्ड ग्रे कलरमा सार्वजनिक गरिएको थियो । यस स्कुटरमा डुअल सिट, लेदर इन्टेरियर प्याड्,  एलुमुनीयम फुटरेस्टजस्ता फिचरहरु रहेका  छन् । 

कम्पनीले यस स्कुटरको मूल्यबारे भने जानकारी दिएको छैन ।  


Back_to_top