बम्बाडियरले क्यू ४०० टर्बोप्रप्स ब्रिक्री गर्ने, ५ हजार कर्मचारीको जागीर धरापमा

क्यानडियन जहाज कम्पनी बम्बाडियरले आफ्नो टब्रोप्रप्स क्यू ४०० प्रोग्राम बिक्री गर्ने भएको छ । 

गत समर सिजनमा मात्रै सी–सीरीज प्रोग्राम एयरबसलाई बिक्री गरेको कम्पनीले अब क्यू ४०० टर्बोप्रप्ससमेत बिक्री गर्ने भएको हो । कम्पनीले अब बिजनेस जेट र रेलको उत्पादनमा आफुलाई केन्द्रित गर्ने जनाएको छ । 

क्यू ४०० प्रोग्राम क्यानडाकै भाईकिङ नामक कम्पनीलाई बेच्ने अन्तिम तयारी भएको जनाइएको छ । बम्बाडियरले क्यू ४०० प्रोग्राम बेच्दा ५ हजार जनाले रोजगारी गुमाउने भएका छन् । 

नेपाली आकाशमा पनि आन्तरिक उडानतर्फ श्री र सौर्य एयरलायन्सले बम्बाडियरका विमानहरु उडाई हरेका छन् । श्री एयरलाइन्सले क्यू ४०० उडाउने योजनासमेत अगाडि सारेको थियो । 


Back_to_top