काठमाडौं । चिनियाँ उदयमान न्यू इनर्जी अटाेमाेवाइल ब्राण्ड सेरेस र टेक्नलोजी कम्पनी हुवावेले आफ्नो संयुक्त व्यापार सहयोगलाई थप सुदृढ बनाउन एक नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पछिको सहयोगको आधारमा सेरेसले सन् २०२६ मा १ मिलियन ९१० लाख० न्यू इनर्जी भेहिकलको वार्षिक उत्पादन र बिक्री संख्या बढाउने संयुक्त व्यापार लक्ष्य राखेको छ ।
यस सम्झौता अनुसार सेरेसले औद्योगिक स्रोतहरू एकीकृत गर्नेसँगै हुवावे टेक्नलोजी प्रयोग हुने गाडीमा नयाँ प्रविधि, त्यसमा प्रयोग हुने सामग्री र क्राफ्टमेनशिपको प्रयोगलाई प्रबर्द्धन गर्नेछ ।
यसैबीच, हुवावेले सेरेसलाई सहयोग गर्दै उनीहरूको जोएन्ट इनोभेसन क्षमतालाई थप सुदृढ गर्न हाइ लेभल इन्टेलिजेन्ट ड्राइभिङ, हार्मोनीओएस स्मार्ट ककपिट लगायत इन्टेलिजेन्स, डिजिटलाइजेसन र युजर एक्सपिरिएन्स डिजाइनमा पूर्ण रूपमा सहयोग गर्नेछ।
यी कम्पनीहरूले संयुक्त रूपमा आफ्नो इनोभेसन सेन्टरको पनि स्थापना गर्ने बताइएको छ । सम्झौता अनुसार यी दुई कम्पनीको आफ्नो कोअप्रेसन फ्रेमवर्क अन्तर्गत सेरेसले नयाँ अटो प्लेटफर्म लन्च गर्ने तयारी गरेको छ ।
यसमा कम्पनीले नयाँ प्लेटफर्म अन्तर्गत आफ्नो पहिलो फ्ल्यागशिप मोडेल २०२३ मा नै रिलिज गर्ने बताइएको छ। यो गाडीमा हाइ लेभल इन्टेलिजेन्स ड्राइभिङ सिस्टमले सुसज्जित भएको हुनेछ।
केही दिन अगाडि मात्रै चीनको सेरेस ग्रुपसँग एमएडब्लू वृद्धि मोटोकर्पले पहिलो इलेक्ट्रीक मोडलको रूपमा सेरेस ईथ्री एसयूभी नेपाल ल्याउने व्यापारिक सम्झौता गरेको थियो । कम्पनी स्रोतका अनुसार सेरेस ईथ्री आगामी अप्रिलमा नेपाल आउन लागेको हो ।

