एक्सपल्स राइडर्स नेपालले ‘राइड टू मध्यबिन्दु’ आयोजना गर्दै

काठमाडौं । एक्सपल्स राइडर्स नेपाल क्लबले ‘राइड टू मध्यबिन्दु’ आयोजना गर्ने भएको छ ।

राइडर्स नेपालले सडक सुरक्षा तथा आन्तरिक पर्यटन पबद्र्धन गर्ने मुख्य उद्देश्यले उक्त राइड आयोजना गर्न लागेको हो ।

राइड टू मध्यबिन्दु फागुन २० गतेदेखि २२ गतेसम्म आयोजना हुने क्लबले जनाएको छ ।

राइडरहरूले नवलपुरको मध्यबिन्दु नगरपालिकाबाट चितवन सौराहा, हेटौंडा, कमवानपुरगढी हुँदै कान्तिलोकपथबाट काठमाडौंसम्मको राइड गर्नेछ ।

राइड अन्तर्गत नवलपुरमा पहिलो पटक आयोजना हुन लागको  प्रथम नवलपुर महोत्सवमा सहभागीता जनाउनुका साथै सडक तथा सवारी सुरक्षा सचेतनाका कार्यक्रमहरू हुनेछन् ।

एक्सपल्स राइर्डस नेपाल क्लब हिरो एक्सपल्स २०० मोटरसाइकलका ग्राहकहरूको समूहले दर्ता गरेको साझा संस्था हो । उक्त क्लबमा ५० भन्दा धेरै सदस्यहरू सक्रिय रहेको छन् । एक्सपल्स राइडर्सले विभिन्न समयमा आन्तरिक पर्यटन प्रबद्र्धनका लागि राइड कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।


Back_to_top