काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत विद्युतीय सवारी साधनमा कर घटाएसँगै विद्युतीय गाडीको चर्चा चुलिएको छ ।
अहिले नेपाली बजारमा हुन्डाईले दुई मोडलका ३ भेरियन्ट विक्री वितरण गर्दै आएको छ । कम्पनीले हुन्डाई आयोनिक र कोना इलेक्ट्रीकको दुई भेरियन्ट विक्री गर्दै आएको छ ।

त्यसैगरि चिनियाँ कम्पनी विवाइडीले नेपालमा ३ मोडल विक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्दै आएको इ-६ क्रसओभर एसयूभी, एम-३ एमपीभी र टी-३ कार्गो भ्यान हो ।
एमजीले इजेडएस, कियाले निरो र दिगोले इ-८ मोडल विक्री गर्दै आएका छन् । चिनियाँ कम्पनी डेरीले इभी ७ र इएम ७ मोडल विक्री गर्दै आएको छ ।
अहिले नेपालमा विक्री हुँदै आएको इलेक्ट्रीक कारमा सबैभन्दा महंगो मोडल हुन्डाई कोना हो भने सबैभन्दा कम मूल्यको कार डेरीको इभी ७ हो ।
हुन्डाई कोनाको टप स्पेक र किया निरो सर्वाधिक रेञ्ज प्रदान गर्ने गाडी हो भने दिगो इ८ सबैभन्दा कम रेञ्ज दिने गाडी हो ।
नेपालमा सबैभन्दा पहिला इलेक्ट्रीक कार विक्री गर्दै आएको महिन्द्राको सानो कार इटुओ अहिले नेपालमा आयात बन्द छ भने इभेरिटोको केही यूनिट उपलब्ध रहेको जनाएको छ । त्यसैले महिन्द्राको मोडल यहाँ समावेस गरिएको छैन ।

