स्ट्रीट फाइटर ‘सिबी ३०० एफ’ बारे थाहापाउनुहोस् ५ तथ्य

काठमाडौं । होन्डाले स्ट्रीट फाइटर डिजाइनमै अर्को नयाँ मोडल सार्वजनिक गरेर नयाँ प्रयोग गरेको छ । होन्डासँग रहेको हर्नेट १६० र २.० पनि स्ट्रीट फाइटर डिजाइनमा तयार भएका मोटरसाइकल हुन् ।

होन्डाले भारतमा स्ट्रीट फाइटर डिजाइनमा रेन्ज थप गर्दै गएको छ । हर्नेट २.० ले जस्तै सिबी ३०० एफले पनि अहिले राम्रो चर्चा पाइरहेको छ ।

अहिले भारतमा उत्पादन भइरहेका सिबी ३५० आरएस र सिबी हाइनेस ३५० क्लासिक मोडल नेपालमा उपलब्ध रहेको कारण निकट भविष्यमा नेपाली बजारमा पनि सिबी ३५० एफ उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

इन्जिन र सुरक्षा फिचर

होन्डाले सिबी ३०० एफमा २९३ सीसी क्षमताको, एयर–आयल–कुल्ड इन्जिन दिएको छ । यो इन्जिनले २४.४७ पीएस पावर र २५.६ एनएम टर्क प्रदान गर्छ । यसमा सिक्स स्पीडको गियरबक्स दिइएको छ ।

सुरक्षाको लागि अब्बल फिचर दिइएको सिबी ३०० एफमा टर्क कन्ट्रोलर सहितको स्लीपर क्लच, ट्रयाक्सन कन्ट्रोल, ड्यूल च्यानल एबीएस जस्ता फिचर रहेका छन् ।

च्याचिस र सस्पेन्सन

डायमण्ड टाइप फ्रेममा तयार भएको सिबी ३०० एफमा अगाडि गोल्डन कलरको यूएसडी फर्क सस्पेन्सन दिएको छ । ब्रेकिङलाई अब्बल बनाउन अगाडि २७६ एमएम र पछाडि २२० एमएमको डिस्क ब्रेक दिएको छ । दुबै १७ इन्चको ह्वील रहेको मोटरसाइकलमा एमआरएफको रेडियल टायर दिइएको छ ।

अन्य फिचर

होन्डाले यसअघि विक्री गर्दै आएको हर्नेट २.० भन्दा माथिल्लो सेग्मेन्टमा आएको सिबी ३०० एफको बडी निकै सार्प देखिन्छ । यसको हेडल्याम्प यूनिट पनि निकै स्टाइलिस छ । मोटरसाइकलमा प्रयोग भएका सबै लाइट एलइडी छन् ।

यूएसबी टाइप चार्जिङ पोर्ट, फुल एलसीडी इन्ट्रुमेन्ट क्लष्टर दिइएको मोटरसाइकलमा क्लष्टरमै औसत माइलेज, ब्याट्रीको अवस्था, गियर पोजिसन हेर्न सकिन्छ । साथै, स्मार्ट फोन भ्वाइस कन्ट्रोल सिस्टम समेत यसमा उपलब्ध हुनेछ ।

भेरियन्ट र कलर

होन्डाले सिबी ३०० एफलाई दुई भेरियन्ट र तीन कलर अप्सनमा उपलब्ध रहेको छ । कम्पनीले भारतको दिल्लीमा एक्स शोरुम मूल्य २ लाख २५ हजार ९०० मा डिलक्स भेरियन्ट र डिलक्स प्रो भेरियन्टको २ लाख २८ हजार ९०० रुपैयाँ तोकेर विक्री सुरु गरेको छ ।

यसलाई ग्राहकले एक्सीस ग्रे मेटेलिक, म्याट मार्भल ब्लू मेटेलिक र स्पोर्टस् रेड कलरमा खरिद गर्न सक्नेछन् ।

प्रतिस्पर्धी

अहिले बजारमा उपलब्ध २५० सीसी सेग्मेन्टमा उपलब्ध मोटरसाइकल जिक्सर २५०, केटीएम ड्यूक २५०, पल्सर २५०, एफजेड २५ जस्ता मोडलसँग सिधा यसको प्रतिस्पर्धा हुने देखिन्छ ।


Back_to_top