टप भेरियन्ट सफारी किन्नेले कति तिर्नु पर्छ मासिक किस्ता ? यस्तो छ हिसाव

काठमाडौं । फुल साइज एसयूभी किन्न कति रकम खर्च गर्ने भन्ने विषय मानिसको आम्दानी र खर्च अनुपातसँग जोडिएको हुन्छ । टाटाले नेपालमा सफारीको टप मोडल एक्सजेडए प्लस ९९ लाख ९९ हजार रुपैयाँ मूल्य निर्धारण गरेर विक्री गर्दै आएको छ ।

टाटा सफारी किन्न चाहनेले अहिले मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट बुझाउनु पर्छ भने बाँकी रकम कर्जा लिन सक्ने छन् । अहिले बजारमा ब्याजदर निकै महंगो भएको कारण गाडी किन्नेले धेरै रकम तिर्नु पर्ने हुन्छ ।

सफारीको टप भेरियन्ट किन्ने ग्राहक संस्था हो भने ३० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर पनि खरिद गर्न सक्ने छन् । ब्यक्तिले सफारी किन्दा ५० लाख डाउन पेमेन्ट गर्नु पर्छ भने संस्थाले ३० लाख गर्दा पुग्छ ।

ब्यक्तिले ७ वर्षसम्म कर्जा सुविधा पाउँछन् भने संस्थाले ५ वर्षको कर्जा सुविधा पाउने छन् । अहिले बजारमा १३.५ प्रतिशत हाराहारी ब्याजदर चलिरहेको छ । यो व्याजदरमा ७ वर्षको किस्ता तिर्नेगरी गाडी किन्नेले मासिक ९२ हजार ४ सय रुपैयाँ हाराहारी तिर्नु पर्छ ।

संस्थाले किन्दा ३० प्रतिशत डाउन पेमेन्ट र ५ वर्षको लागि मात्रै कर्जा पाउने हुँदा मासिक १ लाख ६१ हजार रुपैयाँ किस्ता बुझाउनु पर्छ ।

यस्तो छ सफारी

टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले विक्री गर्दै अएको टाटा सफारी फुलसाइज एसयूभी हो । टाटाले सन् २०२१ बाट विक्री सुरु गरेको सफारी ७ सिट क्षमताको गाडी हो ।

नेपालमा यसअघि पनि सफारी नामबाट ठूलो एसयूभी विक्री गरेको सिप्रदी ट्रेडिङ नयाँ सफारी पनि नेपालमा २०२१ बाट विक्री गर्दै आएको छ । सफारी विक्री थालेसँगै एक पटक पुनः ठूलो साइजको एसयूभी बजारमा आफुलाई बलियोसँग उभ्याएको छ ।

यसमा लामो साइजको क्वाटर ग्लास, दुई स्टेपमा देखिने रुफरेल, नयाँ टेलगेट, १८ इन्चको ह्वीलले सफारीलाई पृथक देखाएको छ । त्यस्तै यसमा विलकुलै नयाँ डिजाइनको फ्रन्ट ग्रिल, प्यानारोमिक सनरुफ, सिग्नेचर वस्टर ह्वाइट कलरमा सजिएको इन्टेरियर र सेतो कलर कै नाप्पा लेदर सिट कभर यसमा पाउन सकिन्छ ।

टाटाले सफारीमा क्याप्टेन सिट दिएको छ । त्यसैले प्रिमियम सिट चाहनेहरुको रोजाईमा सफारी पार्न सफल भएको छ ।

बोस मोड, पानारोमिक सनरुफ, कनेक्ट कार फिचर, उत्कृष्ट सिट तथा ९ वटा स्पीकर सहितको जेवीएलको अडियो सिस्टमले सफारीलाइ अभ प्रिमियम बनाउने छ ।

टाटा सफारीमा २.० लिटरको टर्बो इन्जिन रहेको छ । सहर, एक्सप्रेस हाइवेदेखि विकट क्षेत्रका कच्ची सडकमा समेत यसको पर्फमेन्स उत्कृष्ट रहन्छ । २७४१ एमएमको ह्वीलवेस, म्याजिस्टिक प्यानोरोमिक सनरुफ, अत्याधुनिक ८.८ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम यसमा पाउन सकिन्छ ।

निलो, सेतो र खरानी रंगमा पाइने सफारी एक्सइदेखि एक्सजेडए प्लससम्म ९ वटा भेरियन्ट उपलब्ध रहेको छ ।


Back_to_top